नवलपरासी । पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पूर्वअध्यक्ष स्वर्गीय कृष्णबहादुर कार्कीलाई ‘मरणोपरान्त पत्रकारिता पुरस्कार’ ले सम्मान गरिएको छ ।
महासंघ जिल्ला शाखाको सम्पन्न १४ औं अधिवेशन एंव २४ औं साधारण सभामा कार्कीलाई उक्त पुरस्कारले सम्मान गरिएको हो । कार्यक्रममा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले स्वर्गीय कार्कीका जेष्ठ छोरा नारायण कार्कीलाई नगद ११ हजार १ सय ११ सहित दोसल्ला र सम्मान-पत्र हस्तान्तरण गरेर सम्मान गर्नुभएकाे हाे ।
जिल्ला शाखाले यस वर्षदेखि जिल्लामा पत्रिकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै अधिवेशन हुने वर्षमा एक जना पत्रकारलाई ‘ नवलपरासी पत्रकारिता पुरस्कार’ ले सम्मान गर्ने निणर्य गरेको थियो । सोही निणर्यअनुसार महासंघको अधिवेशनको अवसर पारेर स्वर्गीय कार्कीलाई उक्त पुरस्कारले सम्मान गरिएको शाखा अध्यक्ष हरि शर्माले बताउनु भयाे । पत्रकार महासंघ जिल्ला शाखाको तीन कार्यकालसम्म पत्रकारिता गरेका कार्की २०४५ सालदेखि दैनिक लुम्बिनीमा आवद्ध रहेका कार्की ७३ वर्षसम्म पनि पत्रकारिता पेशामा क्रियाशिल रहँदै आएका थिए ।
संस्थागत विकास र पत्रकारिता क्षेत्रमा महत्वपूणर् योगदान गरेको भन्दै शाखाले कार्कीलाई सम्मान गरेको हो । कार्कीकै पहलमा रामग्राम नगरपालिकाबाट जग्गा प्राप्त गरी राजधानी बाहिर नेपालमै पहिलो जिल्ला शाखाका रुपमा पत्रकार महासंघको भवन निर्माण भएको शाखाले जनाएको छ । परासी निवासी कार्कीको ७३ वर्षको उमेरमा २०६८ माघ १३ गते निधन भएको थियो ।
कार्की परिवारद्दारा १ लाख ११ हजारको अक्षय कोष स्थापना
स्वर्गीय कृष्णबहादुर कार्की र उहाँकी धर्मपत्नी स्वर्गीय पवित्रा कार्कीको स्मृतिमा कार्की परिवारद्धारा अक्षय कोष स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघमा स्थापना गरिएको राशी १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ । महासंघ जिल्ला शाखाको १४ औं अधिवेशन एवम् २४ औं साधारण सभामा कार्कीका जेष्ठ छोरा नारायण कार्कीले आफ्ना बुबाले नवलपरासी क्षेत्रको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानलाई सदैव सम्झना गर्ने उद्देश्यले कार्की परिवारबाट अक्षय कोष स्थापना गरिएको बताउनु भयाे । उक्त अक्षय कोषलाई क्रमशः बढाउँदै लगिने कार्की परिवारले जनाएको छ । स्थापना गरिएको अक्षय कोषबाट आउने ब्याजबाट जिल्लामा कृयाशिल पत्रकारहरुलाई सम्मान एंव पुरस्कृत गरिने छ । महासंघ जिल्ला समितिको हरेक कार्यकालमा हुने दुई वटा साधारण सभामा उक्त पुरस्कार प्रदान गरिने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच