मदिरा व्यवसायीबीच विवाद

Read Time = 1 min

काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्ष पदका उम्मेदवार मुकुन्द महर्जनले १७औँ महाधिवेशन बहिस्कार गर्नुभएको छ । उहाँले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले विधानभन्दा बाहिर गएर सदस्यतालगायत आर्थिक अनियमितता गरेको आरोप लगाउनुभएको छ । मदिरा व्यवसायीको हकहितमा काम गर्न नसकेको भन्दै महाधिवेशन बहिस्कार गरेको महर्जनले बताउनुभयो ।

महासंघको सदस्य बन्न अनिवार्यरूपमा मदिरा व्यवसायी हुनुपर्ने प्रावधान भए पनि विधानविपरीत धेरै गैरव्यवसायीलाई प्रतिनिधि बनाएको उहाँको आरोप छ । महासंघ संस्थागत निर्णयभन्दा विपरीत, एकलौटी र मनोमानीरूपमा चलेको र महाधिवेशन तीन वर्षमा गर्नुपर्नेमा झारा टार्ने गरी चार वर्षसम्म नगरेको महर्जनको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?