काठमाडौंमा आज यो वर्षकै बढी चिसो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बिहान काठमाडौंको तापक्रम यो वर्षकै न्यून २.९डिग्री सेल्सियस मापन गरिएको हो ।

तापक्रम घटेसँगै काठमाडौंसहित देशभरकै अधिकांश स्थानमा चिसो बढेको हो । यसअघि बिहीबार र शुक्रबार पनि काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा हुस्सु र कुहिरो लागेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?