
आदरणीय शेरबहादुर दाइ !
जय नेपाल,
अधमा धनमिच्छन्ति धनंमानञ्च मध्यमा ।
उत्तमा मानमिच्छन्ति मानो हि महतां धनम् ।।
दाइ ! अधम मान्छे धन चाहन्छन् । मध्यमले धन र मान दुवै खोज्छन् भने उत्तम मान्छे चाहिँ मानमात्रै खोज्छन् र मान नै महान्को धन हो अरे । आज मेरा मनमा लागेका केही कुरा तपाईंलाई भन्न खोज्दैछु । नरिसाइकन सुन्नु र पढ्नुहोला । पानीमा डुबेर पनि कमलपत्र भिज्दैन गीताले भन्छ (पद्मपत्रमिबाम्भसि) तपाईं पनि त्यस्तै देखिनुभयो । राजनीतिको अथक योद्धा भएर पनि राजनीतिलाई विकलांक र विद्रूप बनाएर छाड्न लाग्दै हुनुहुन्छ भन्छन् सबैतिर के हो ? हुन त समय नै तपाईं हामीभन्दा धेरै बलवान् हुन्छ र भनिन्छ ‘समय एव करोति बलाबलम् ।’
त्यस बेलाको डडेल्धुराको रुवाखोलामा जन्मनुभएको तपाईं भाग्यले काठमाडौं आइपुग्नुभयो । तपाईं हामीजस्तो आर्थिक अवस्था भएका मान्छे काठमाडौंसम्म आएर उच्च शिक्षा लिनुभनेको पनि पल्लोफालको कुरो थियो । भाग्यले नै नेपालका तारणहार विश्वेश्वरप्रसाद कोइरालाको नजरमा पनि पर्नुभयो । हामी धेरै परेनौँ चम्कन पनि सकेनौं । भीमसेन थापा, चन्द्रशमशेर र पृथ्वीनारायण शाहले काम गर्ने अवसर पाएका तुलनामा विश्वेश्वरप्रसाद कोइरालाले काम गर्न पाएको समय १८ महिना के हो र ? तर नेपालमा अरू कोही पनि सफल भएनन् उहाँ नै सफल हुनुभयो ।
तपाईं यो देशको सर्वेसर्वा बनेर बस्दा पनि स्मरणीय कुनै काम गरेको कसैले मलाई बताउन सकेनन् किन ? मैले कम्तीमा दाइका सम्बन्धमा १५ जनासँग सोधेको थिएँ । सबैले उहाँ भाग्यले ठूलो मान्छे बनेको हो मात्रै भने ।
अतः क्षमता र चिन्तन भएका मान्छेका निमित्त धेरै समय चाहिँदोरहेनछ भन्ने कुरामा तपाईं पनि सहमत हुनुहोला होइन त ? अब नेपाली कांग्रेसको राजनीतिमा तपाईंले बिताएको समय र तपाईंले पाएको अवसरका तुलनामा सुशील कोइराला, कृष्णप्रसाद भट्टराईले पाएका अवसरलाई तुलना गर्नुहोस् र कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले यस देशको राजनीतिमा छाडेका प्रभावसँग तपाईंका राजनीतिक प्रभावको तुलना गरी हेर्नुस् त । मैले केही गरेँ भन्ने लाग्छ दाइ तपाईंलाई ? हो, तपाईंले आफ्नो आर्थिक अवस्था सुधार्नुभयो । दरबारजत्रै घर बनाउनुभयो । तपाईंको रुवा खोलो कुरेर बस्नेको दशा आज पनि त्यस्तै छ जस्तो तपाईंले छाडेर काठमाडौं आउँदा थियो ।
तपाईं यो देशको सर्वेसर्वा बनेर बस्दा पनि स्मरणीय कुनै काम गरेको कसैले मलाई बताउन सकेनन् किन ? मैले कम्तीमा दाइका सम्बन्धमा १५ जनासँग सोधेको थिएँ । सबैले उहाँ भाग्यले ठूलो मान्छे बनेको हो मात्रै भने तर पहिलेका प्रजिअ खेमराज रेग्मीले पश्चिमतिरका २२ वटा पुल तपाईंले निर्माण गरेको भनेर टिभीमा अन्तर्वार्ता दिए । मैले त्यस समयको पनि शोध गरेर हेर्दा त गिरिजाप्रसाद कोइराला र तपाईंको जोडाले गरेको देखेँ । खेमराजजी पछि नेपाली कांग्रेसमा आउनुभया,े आफ्ना नेताको बखान गर्नुभयो ठीकै छ । बैजनाथ सेढाईंंले तपाईंको चिना हेर्ने गुणको प्रशंसा गर्नुभयो, बाँकी कुराको आलोचना नै गर्नुभयो । बहुदलीय प्रजातन्त्रमा गर्नु नहुने÷गरे पनि बिर्सनुपर्ने केही काम तपाईंंहरूका नाममा छन् ।
जम्बो मन्त्रीमण्डल, सांसद खरिदबिक्री र प्राडोपजेरो
समय या तिथिमिति म भन्दिन कर्मचारीले या तपाईंंले नै सम्झने सोच्ने काम गर्नुहोला । म केबल भएका काम र घटनाको मात्रै कुरा गर्दछु । त्यसबेला सायद संविधानमा मन्त्रीमण्डलको संख्या तोकेको थिएन, तपाईंले त्यसैको फाइदा लिनुभयो । अहिले तोक्दा त कतिपयले बढाएका बढायै छन् भने तपाईं यसमा विवेकशीलभन्दा लेनदेनमा चतुर देखिनुभयो भन्नेमात्रै हो । प्रजातन्त्र सहिष्णुता र त्याग तथा संघर्षको पनि व्यवस्था हो । बीपी प्रधानमन्त्री हुँदा उपहारबाट ६ वटा कोट जम्मा भएछन् । आफूलाई एउटा राखेर पाँचवटा सुरक्षागार्डमा बसेकालाई दिएको कुरो मैले पढेको थिएँ । धेरै चरित्रवान् मान्छे ठूला पदमा जाँदा देशका लागि कुनै न कुनै सैद्धान्तिक उद्देश्य लिएर जान्छन् ।
मान्छे लक्ष्यबाट परिचालित हुन्छ । तपाईंको चाहिँ सत्ता र शक्तिमात्रै उद्देश्य देखियो भन्छन् मान्छेहरू । यस्तो किन भयो दाजु ? तीनधार संस्कृत छात्रावासमा बस्न नपाएका कारणले उपाध्याय बाहुनविरोधी बन्नुभयो रामचन्द्र दाइ भन्थे । मधेसमा बस्ने राष्ट्रपति बन्दा पनि मधेसी सन्तुष्ट हुन सकेका छैनन् । यिनलाई हिजो अस्तिका विहारले अझै बिगारिराखेको छ । कुरो यहाँसम्म पनि सुनियो रामचन्द्र पौडेललाई तिमी चुप लाग शेरबहादुर नेपाल विद्यार्थी संघको सभापति हुन्छन् भनेर त्यस बेला बीपीले हस्तक्षेप गरेर तपाईंलाई अघि बढाउनु भएको थियो रे तर आठ वर्षसम्ममा पनि चुनाव गराउन नसकेपछि छाडेर डडेल्धुरा गएर बसिदिनुभयो रे तपाईं ।
भित्ताका पनि कान हुन्छन् भनेर मान्छे तर्सने दिनमा तपाईंले गरेको त्यस कुराबाट दिक्क हुनुभएका बीपीले ‘को चुनाव गराउन सक्छौं आओ भनेपछि’ विमलेन्द्र निधिले म चुनाव गराउन सक्छु भनेका कारणले जनकपुरको गोपाल धर्मशालामा नेपाल विद्यार्थी संघको महाधिवेशन भएको थियो र विमलेन्द्र निधि ने.वि.संघको केन्द्रीय सभापति बनेका थिए । तपाईं गृहमन्त्री भएका बेला पनि धेरै कुराहरू सुनिए तर आज म ती कुरा उठाउँदिन । तिनले तपाईंसँग मात्रै सम्बन्ध राख्छन् । जुन बेला पनि गिरिजाप्रसाद कोइरालाले मध्यावधि चुनावमा जाने कुरा गरे त्यसबेला तपाईं र रामचन्द्र पौडेलले मुक समर्थन गर्नुभयो । नेपाली कांग्रेसलाई जनताले विश्वास गरेका हुन् ।
तपाईंलाई असजिलो भयो भने संसदीय दलको चुनाव गराऊँ भन्न सक्नुभएन । जुन दिन गिरिजाप्रसादले संसदीय दलको चुनाव गराउने भने त्यसबेला किसुन्जीका जालमा गिरिजाप्रसाद पनि परेर तटस्थ बस्दा तपाईं सहजै आउनुभयो । यदि त्यसबेला गिरिजाप्रसाद कोइराला तटस्थ नबसेका भए शैलजा या सुशील कोइराला संसदीय दलको नेता बन्थे न मान्छेका टाउकाको मोल तोकिन्थ्यो न त मध्यावधि घोषणा गरेर संसद् विघटन नै हुन्थ्यो । विघटन गर्नेले चुनाव गराउन नसकेको उदाहरण र सांसद किनबेच, लुकाउने, भगाउनेजस्ता सारा कुकर्म गरेर पनि नपुगेर प्राडो-पजेरो उपहार पनि दिनुभयो अनि सांसदलाई पेन्सन पनि त दिनुभएको थियो ।
पछि सर्वोच्चले बदर नगरेको भए त मान्छे बेच्ने, सुन तस्करी गर्ने, ज्यानमारा, सहकारी ठग्ने सबै पेन्सनर हुनेथिए होइन र ? जुनबेला तपाईंले संकटकाल लम्ब्याउनु भएको थियो त्यसबेला मैले गिरिजा दाइलाई ‘दाजु, कारबाही नगर्नुस् भनेको थिएँ आज कारबाही गर्नुभयो भने भोलि तपाईंप्रतिको आक्रोश र उहाँप्रतिको सहानुभूतिका भोटले कांग्रेसको सभापति बन्ने अवसर पाउनुहुन्छ भनेको थिएँ’ । त्यो बेला चौआने सदस्य पनि नरहने गरी जुन कारबाही गिरिजा दाइले गरे त्यसको पुरस्कार तपाईं सिंगोसग्लो कांग्रेसको सभापति दुई पटक हुनपाउनुभयो । उहाँले नमानेका कारणले आज तपाईं गिरिजाप्रसादकै स्थानमा पुग्नुभएको हो । अन्यथा तपाईं ‘असक्षम’ भनिनुभएको थियो त्यही कायम हुनेरहेछ । राजा ज्ञानेन्द्रले गिरिजाप्रसादलाई नहेपेको भए पनि तपाईंलाई तपाईंकै राजाले जेलमा सडाउने रहेछन् । ज्ञानेन्द्रले गिरिजाप्रसादलाई हेप्नु नै तपाईं र प्रकाशमानको भाग्योदय हुनु हो ।
मन रोएन ?
दाइ ! यी माथिका कामकुरा गर्दा तपाईंजस्तो प्रजातन्त्रका लागि यत्रो लोमहर्षक संघर्ष गरेर आएको मान्छेका मनमा अलिकति पनि बेचैनी भएन ? थुक्क के गरेँ भन्ने पनि लागेन ? धर्मप्रसाद ढकालका घिच्रामा खुकुरी चलाउने, निर्दोष गृहस्थको लोग्ने मारेर स्वास्नीलाई मासुभात पकाएर हामीलाई खुवा नत्र भनेर धम्क्याउने चरित्रकै साहस तपाईंमा कसरी आयो दाइ ? सत्ता र शक्ति अनि पत्नी, पुत्र र सासू यति निर्घृणी बन्दारहेछन् हगि दाइ ? एउटा सोझो श्रमशील प्रजातन्त्रिक व्यवस्थाका लागि कात्रो फेटा गुतेर निक्लेको छेत्रीको छोरो यति तल पुग्दा पनि झनै ओरालो बाटो देश, जनता र दललाई नै कसरी लैजान सक्नुभयो दाइ ?
कम्युनिष्ट भनेका विश्वासिला हुँदैनन् भनेर बीपीले भनेको सुन्दासुन्दै तपाईंलाई तपाईंका नजिकमा बसेर दाइ तपाईं त भन्नेहरूले नै सिध्याए कि ! हामी, तपाईं र गिरिजाप्रसाद कोइरालाका कार्यकर्ता हौँ भन्न पाउँदा गौरव बोध गथ्र्यौं । त्यो सबै हाम्रा मनको आस्था र विश्वासमा कसरी डढेलो लाउनुभयो नि दाइ !
कुनै दिन आत्मगाथा लेख्ने जाँगर चल्यो भने नढाँटीकन बिपीले ‘आफ्नो कथा’ लेखे झैँ या महात्मा गान्धीले ‘विद्यार्थीयों के लिए’ भन्ने पुस्तक लेखे झैँ सबै सत्य सत्य लेख्नुहोस् है । ता कि मान्छेले एउटा साधारण साकाहारी जीव पनि मांसाहारमा पल्केपछि कसरी नृःसंश हुँदै गएर कालान्तरमा मानव जातिकै संहारक बन्न सक्दोरहेछ भन्ने गाथा पढ्न पाऊन् । सबै जे जे गरे पनि मान्छेले गाई र माईको मासु खाँदैन भन्थे गाउँतिर । म घाँसदाउरा गर्न जाँदा मेरा साथीबाट सुनेको थिएँ । चुनावभन्दा पहिलेको गठबन्धन गाई र माईको मासु खानु बराबरै होइन र दाइ एउटा प्रजातन्त्रवादी नेताका लागि ?
कम्युनिष्ट भनेका विश्वासिला हुँदैनन् भनेर बीपीले भनेको सुन्दासुन्दै तपाईंलाई तपाईंका नजिकमा बसेर दाइ तपाईं त भन्नेहरूले नै सिध्याए कि जस्तो पनि लाग्छ दाइ मलाई त । हामी तपाईं र गिरिजाप्रसाद कोइरालाका कार्यकर्ता हौँ भन्न पाउँदा गौरव बोध गथ्र्यौं । त्यो सबै हाम्रा मनको आस्था र विश्वासमा कसरी डढेलो लाउनुभयो नि दाइ ! ओलीले ममाथि क्रुर कर्म गर्दा पनि तपाईंले मलाई रिपोर्टस् क्लब जाने अनुमति दिनुभएको थियो । एघारौं महासमितिमा मेरो त्यो काण्डलाई पार्टीमा दस्ताबेज बनाएर राख्नुभयो । यत्रो विशाल छाती भाको मान्छेले रूखमा भोट हाल्न पाऊँ भन्नेलाई कुन दिलले कारबाही गर्नसक्नुभयो दाइ ?
आज पनि ती कुरा सम्झेर म त धरधरी रुन्छु एक्लै राति तपाईं कहिलेकाहिँ रुनुहुन्छ कि रुनुहुन्न ? खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष र लोकबहादुर कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिश गरेपछि मैले सुशीलदालाई भेटेर भनेको थिएँ ‘दादा ! हजुरजस्तो त्यागी मन्छेले यो काम गर्नुभयो ? भनेर सोद्धा गल्ती भयो । आज रातभरि मलाई निद्रा लागेन भनेर जवाफ दिँदा पनि म रोएको थिएँ ’। तपाईंले त सँगै बसेर रुने पनि अवसर दिन सक्नुभएन किन दाइ ?
अब अग्र चुनाव र शान्त जीवन रोज्नुहोस्
अब सकेसम्म यो एकासी सालभित्रै पार्टीको चुनाव गराएर तपाईं आफू जसरी तपाईंलाई संसदीय दलको नेता बनाउँदा गिरिजाप्रसाद र कृष्णप्रसाद तटस्थ बसेका थिए त्यसै गरी इमानदार बनेर कार्यकर्तालाई आफ्ना नेता र आफ्नो केन्द्रीय कार्य समिति छान्ने अवसर दिनुस् । अजा मिलले प्राणन्तका बेला ‘नाराँ पाँ’ भन्दा नारायण पाऊँ भनो भन्ने अर्थ लाएर विष्णुका दूतले वैकुन्ठ लगेथे त्यसैगरी सारा अपसोच र अपकर्म जनता र कार्यकर्ता तथा नेताहरूले पनि बिर्सनेछन् र तपाईं पनि शान्त बनेर बाँकी जीवन सबैको हित चिताएर बिताउन पाउनुहुनेछ है दाइ ।
विघटन गर्नेले चुनाव गराउन नसकेको उदाहरण र सांसद किनबेच, लुकाउने, भगाउनेजस्ता सारा कुकर्म गरेर पनि नपुगेर प्राडो-पजेरो उपहार पनि दिनुभयो अनि सांसदलाई पेन्सन पनि त दिनुभएको थियो ।
पछि सर्वोच्चले बदर नगरेको भए त मान्छे बेच्ने, सुन तस्करी गर्ने, ज्यानमारा, सहकारी ठग्ने सबै पेन्सनर हुनेथिए होइन र ?