बायर्नको लगातार जित

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । जर्मन च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित हात पारेको छ । बायर्नले वल्फवर्गलाई २-० ले पराजित गरेको हो । यसअघि बायर्नले पहिलो खेलमा आइनट्राख्ट फ्रान्कफुर्टलाई पराजित गरेको थियो ।

बायर्नको सहज जितमा जमल मुसिएला र थोमस मुलरले गोल गर्नुभयो । खेलको २०औँ मिनेटमा साडियो मानेले गोल गर्नुभए पनि अफसाइड ठहरिँदा गोलले मान्यता पाएन । ३३औँ मिनेटमा जमलले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाउनुभयो । मुलरले ४४औँ मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पार्दै जित दिलाउनुभयो ।

यो जितसँगै बायर्न दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक नै रहे पनि बोरुसिया डर्टमुन्ड गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित वल्फवर्ग एक अंक जोडेर १५औँ स्थानमा छ ।

बुन्डेस लिगाकै अर्काे खेलमा माइन्ज र युनियन बर्लिनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समान चार अंक जोडे पनि बर्लिन पाँचौँ तथा माइन्ज छैटौँ स्थानमा रहेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?