आरती शाहका समर्थकद्वारा मानव अधिकार आयोगको भवन अगाडि प्रदर्शन (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आरती शाहको समर्थकले राष्ट्रिय मानव अधिकार आयोग अगाडि प्रदर्शन गरेका छन् ।

शाहको न्यायका लागि  राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन जाँदा पत्र नबुझेको भन्दै आफन्त उनका समर्थकले प्रदर्शन गरेका हुन् ।

शाहको न्यायको लागि आन्दाेनल गर्दै आएका आफन्तहरुले आज २०७ दिन आइपुग्दा पनि शाहले न्याय नपाएको भन्दै आयोगमा ध्यानाकर्षन पत्र बुझाउन लागेका थिए ।

आज राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन जाँदा मानव अधिकार आयोगले पत्र नलिएपछि प्रदर्शनकारीहरुले पत्र च्यातेर बिरोध प्रर्दशन गरेका थिए ।

उनीहरु मानव अधिकार आयोगको भवन अगाडि बिरोध प्रदर्शन गरेका छन् । ललितपुरको पुलचोक स्थित राष्ट्रिय मानव अधिकार आयोग अगाडि बसेर प्रदर्शन गरेका हुन् ।

लामोसमय देखि आरतीको साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पीडित परिवारले माइतीघर मण्डलामा धर्ना तथा प्रर्दशन गर्दै आएका छन् ।

प्रदर्शनकाक्रममा आरती शाहका भाइसँगै तीन जना पक्राउ परेका छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?