उत्तर कोरियाद्वारा दुई व्यालेष्टिक मिसाइल परीक्षण

Read Time = 2 mins

प्योङयाङ । उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले यो जानकारी दिएको हो । जापानका उपविदेशमन्त्री तोशिरो इनोले उत्तर कोरियाले प्रहार गरेको ब्यालेस्टिक मिसाइल जापानको विशेष आर्थिक करिडोर बाहिर खसेको हुनसक्ने बताउनुभयो ।

जापानी रक्षा मन्त्रालयका अनुसार यी क्षेप्यास्त्रहरूले ५५० किलोमिटर (३४२ माइल)को उचाइमा उडेका थिए र २५० किलोमिटर (५३ माइल)को दूरी कभर गरेका थिए । हालसम्म कुनै क्षतिको खबर नआएको उपरक्षामन्त्रीले बताउनुभयो ।

उत्तर कोरियाले बिहीबार उच्च थ्रष्ट ठोस इन्धन इन्जिनको पनि परीक्षण गरेको छ । विज्ञहरूका अनुसार यसले ब्यालेस्टिक मिसाइललाई छिटो प्रक्षेपण गर्न मद्दत गर्छ । यो परीक्षणमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको पनि नजर थियो ।

उत्तर कोरियाले यो वर्ष अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलसहित धेरै क्षेप्यास्त्र परीक्षण गरेको छ । यो क्षेप्यास्त्रले अमेरिकी भूमिसम्म पुग्न सक्ने क्षमता राखेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले यी परीक्षणहरू गरिरहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?