स्किब्स थ्री बाई थ्री बास्केटबलको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आयोजक श्री चन्द्रबिन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) सातौं स्किब्स कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ । वसुन्धारास्थित घरेलु कोर्टमा स्किब्सले सिद्धार्थ मोडेललाई पाँच-दुईले पराजित गर्‍यो । सोही स्पर्धामा पारामाउण्टले एन्जल्स हार्टलाई ६-५, ज्ञान निकेतनले रेडिअन्टलाई ६-५ र गोल्डेनपिकले सूर्योदयलाई नौ-सात ले हराउँदै सेमिफाइनलमा स्थान स्थान सुरक्षित गरे । सेमिफाइनलमा गोल्डेनपिकको भेट स्किब्ससँग हुनेछ भने पारामाउण्टले ज्ञान निकेतनविरुद्ध खेल्नेछ ।

स्टाफमा स्किब्स र डिफेन्डिङ च्याम्पियन महामञ्जुश्री उपाधिका लागि भिड्ने भएका छन् । स्किब्सले पाठशाला नेपाललाई नौ-सात तथा महामञ्जुश्रीले काठमाडौं वल्र्ड स्कुललाई १९–१७ ले सेमिफाइनलमा पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

सिनियर ब्वाइजमा ग्रिनल्याण्ड, सेन्ट जोसेफ, रिलायन्स, हिमालय, ज्ञान निकेतन, नवज्योति, इन्साइट भिजन र निम्सले क्वाटरफाइनलमा स्थान बनाए । सिनियर गल्र्समा भ्याली पब्लिक, साबिक विजेता निम्स, पाठशाला, वसुन्धारा नेसनल एकेडेमी (बिएनए), रिब्स, पारामाउण्ट, एभरेष्ट र नेपाल मोडेलले क्वाटरफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको टोखा नगरपालिकाअन्तर्गत शिक्षा शाखाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम गौतम, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गर्नुभयो । सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६-१६ तथा स्टाफमा ८ टिम गरी ६४ टिम सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?