‘अधिकार बाडिदेउ’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । कवि तथा गीतकार सरला श्रेष्ठको गीति कविता ‘अधिकार बाडिदेउ’को अडियो भिडियो सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको दिनमा नेपाल चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

छोरा र छोरीबीचको भेदभावलाई अन्त्य गरौ छोरीलाई पनि छोरा समान हक र अधिकारबाट बञ्चित नगरौ भन्ने सन्देश बोकेको गीतलाई वरिष्ठ संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा मिलन नेवारको स्वर लक्ष्मण पोखरेलको संगीत छ ।

लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको गीतमा दिल सार्कीको रेकर्डिङ, किशोर थापाको मिक्सिङ छ । ओमप्रकाश अवस्थीको निर्देशन रहेको गीतको भिडियोमा अमृता श्रेष्ठ, सुमित्रा अधिकारी, प्रशान्त हुमगाईं, सुक्रित खतिवडा, स्यारोन खतिवडाको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?