सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाही मंलङवाले आज बाट बिहान ७ बजे देखि साँझ ६ बजे संम आफ्नो सेवा प्रदान गने भएको छ ।
जिल्लामा नागरिकता बनाउनेको भिड धेरै भएपछि प्रशासन कार्यालय मंलङवाले बिहानैबाट सेवा प्रदान गर्ने सुरु गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताउनु भयो । आजबाट केही दिन भिड कम नभएसम्म यसगरी सेवा प्रदान गरिने प्रशासन कार्यालयले जनाएको छ ।
यसरी बिहानैदेखि सेवा प्रदान गर्दा सहज रूपमा नागरिकले सेवा पाउने प्रमुख जिल्ला आधिकारी धमलाको विश्वास छ ।
२०६३ सालमा सशस्त्र समयमा तत्कालीन विद्रोहीबाट भएको प्रशासन कार्यालयमा पुर्याएकाे क्षतिले गर्दा अहिले पुराने नागरिकताको प्रतिलिपि लिन आउँदा सुरुमा वडाको सिफारिस र त्यसपछि मुचुल्का र नयाँ रेकर्ड कायम लगायतका काम गर्नुपर्ने भएकाले धेरै समय लाग्ने भएकाले बिहानैबाट सेवा दिन थालिएको प्रशासन कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच