प्रतिष्ठित ‘केएलफ’ बुक अवार्ड-२०२२ नेपालका दुई साहित्यकारलाई

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कलिङ लिटरेरी फेस्टिभल भारतले ‘केएलफ बुक अवार्ड २०२२ का लागि विभिन्न श्रेणीमा अवार्डहरू घोषणा गरेको छ । पुरस्कृत पुस्तकहरू हिन्दी भाषामा प्रकाशित साहित्यिक पुस्तक, अनुवाद पुस्तक, व्यापार पुस्तक, पर्यावरण पुस्तक, जीवनी र आत्मकथा, बाल पुस्तक, खेलकुद पुस्तक, लाइफस्टाइल र इमर्जिङ ट्रेण्ड यी सबै वर्गहरूमा प्रकाशित प्रकाशकहरूद्वारा पेश गरिएका पुस्तकहरूबाट चयन गरिएको हो । विजेतालाई फेबु्रअरीमा स्वस्ति प्रिमियम होटल, भुवनेश्वर, ओडिशा, भारतमा आयोजना हुने वार्षिक कलिङ लिटरेरी फेस्टिभलमा सम्मानित र पुरस्कृत गरिनेछ ।

महोत्सवमा पुरस्कृत लेखकहरू र तिनीहरूका पुस्तकहरू प्रदर्शन गरिनेछ । सञ्जीव सान्यालको पुस्तक (रिभोल्युसनरिजस द अदर स्टोरी अफ हाउ इण्डिया वोन इट्स फ्रिडम, कैलाश सत्यार्र्थीको पुस्तक ‘तुम पहिले क्यु न आये, हिन्दोल सेनगुप्ताको ‘गायन, नृत्य र प्रार्थना’ श्रीला प्रबहुपाडा संस्थापक आचार्यको ‘प्रेरणादायक कथा’ रञ्जित होस्कोटेको ‘हंचप्रोज, प्रवीण कुमारको अमर देशवालगायत यस वर्षको केएलएफ बुक अवार्डमा छनोट भएका छन् ।

प्रतिष्ठित ‘केएलफ बुक अवार्ड-२०२२ का लागि निर्णायक मण्डलबाट दुई नेपाली लेखकहरू चुनिएका छन् । साहित्यकार रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण लागि’ र लेखक सुमित शर्मा ‘समीर’ को पुस्तक ‘वेक अप अर्ली वेक अप नाउ’ ‘केएलफ बुक अवार्ड २०२२ का लागि छनोट भएका हुन् । पुरस्कृत नेपाली साहित्यकार रञ्जना निरौला सम्पादक, समालोचक, नेपाली र अंग्रेजी साहित्यमा कलम चलाउने कवि, प्यानलिस्ट, अनुसन्धानकर्ता, क्युरेटर तथा वक्तासहित रहनुभएको छ । सुमित शर्मा ‘समीर’ ले लण्डन स्कुल अफ इकोनोमिक एण्ड पोलिटिकल साइन्स, बेलायत र क्विन्स युनिभर्सिटी, क्यानडाबाट स्नातक गर्नुभएको छ । लोयओला कलेज, चेन्नई, भारतबाट समाजशास्त्रमा स्नातक पूरा गर्नुभएका लेखकको ‘वेक अप अर्ली वेक अप नाउ’ नेपाली भाषाबाट अनुवाद गरिएको पहिलो कथाकृति हो । हाल उहाँ बेलायती राजदूतावास, काठमाडौंमा राजनीतिक सल्लाहकारका रूपमा काम गर्नुहुन्छ ।

केएलफ बुक अवार्डले स्थापित र नयाँ लेखक दुवै विधाका साहित्यिक प्रतिभाहरूलाई पहिचान, मान्यता, प्रोत्साहन र सम्मान गर्ने अवसरहरू खोल्छ । यसको उद्देश्य भविष्यका साहित्यिक प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन दिनु हो । भुवनेश्वरमा केएलफको वार्षिक कार्यक्रम फेबु्रअरी २४, २५ र २६ २०२३ मा हुने केएलफ अवार्ड निर्णायकहरूको सिफारिसका आधारमा चयन गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?