वरपिपल, इलाइटको जित

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर-४ के गाउँमा भइरहेको २४औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुषतर्फका खेलहरूमा वरपिपल युवा क्लब, इलाइट युवा क्लब र कैलारी गाउँपालिका वडा नम्बर-३ को कार्यालय विजयी भएका छन् । पहिलो खेलमा जित हात पारेसँगै तीनवटै क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् ।

न्यू युवा सुन्दर शक्ति युवा क्लबको आयोजनामा थारू समुदायको पर्व अटवारी र हिन्दु नारीहरूको पर्व हरितालिका तीजको अवसरमा भइरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको पहिलो खेलमा वरपिपल युवा क्लब विजयी भयो । वरपिपलले न्यू युवा सुन्दर शक्ति क्लबलाई हरायो । निर्धारित समयमा बराबरी खेलेका दुवै टोलीबीच टाइब्रेकरबाट निर्णय लिँदा वरपिपलले बाजी मार्‍यो ।

पुरुषतर्फको दोस्रो खेलमा इलाइट विजयी भयो । इलाइटले बेली युवा क्लबलाई हरायो । इलाइटले बेलीमाथि ३-१ को जित दर्ता गर्यो । कैलारी गाउँपालिका वडा नम्बर–४ के गाउँको खेल मैदानमा भइरहेको प्रतियोगिताको पुरुषतर्फको तेस्रो खेलमा कैलारी गाउँपालिका वडा नम्बर-३ को कार्यालयको टिम विजयी भयो । वडा नम्बर-३ ले कमल युवा क्लबलाई हरायो । वडा नम्बर–३ ले कमल युवा क्लबमाथि १-० को जित हात पार्‍यो ।

नकआउटका आधारमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ २५ टिमको सहभागिता छ भने महिलातर्फ ६ टिमको सहभागिता छ । पुरुषतर्फको विजेताले नगद एक लाखसहित ट्रफी र उपविजेताले नगद ५० हजारसहित ट्रफी पाउने क्लबका अध्यक्ष वृक्षलाल चौधरीले जानकारी दिनुभयो । यस्तै महिलातर्फको विजेताले नगद २५ हजारसहित ट्रफी र उपविजेताले नगद १५ हजारसहित ट्रफी पाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?