विपीको विचारलाई लिङदेनले आत्मासात गरेकोमा गर्वबोध भएको छ :अभिनेत्री कोइराला

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गर्नु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उहाँले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पार्नु भयो । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उहाँको भनाई थियो ।

अभिनेत्री कोइरालाले विपीको विचारलाई पनि लिङदेनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताउनु भयो । उहाँले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरुले जित्नुपर्ने तर्क समेत गर्नु भयो ।

अभिनेत्री कोइरालाले भन्नु भयो, ‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर ।उहाँले जब भन्नु भएको थियो नि–भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो । मलाई त्यो कुरा सुनेर मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो भनेर मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु । अरुले विर्सेर होला । तर राजेन्द्र लिङदेनजीले विर्सनु भएको छैन विपी बालाई । विपी बाको मेलमिलापको नीति । उहाँले अन्तमा आएर बुझ्नु भयो कि । उहाँले नेपाललाई चाहिने कुरा राख्नु भएको छ । म चाहन्छुलाई उहाँहरुलाई अत्याधिक भोटले जिताउनु हो्स्, उहाँहरुका सबै प्रतिनिधिहरुलाई । र, हलोमा भोट दिनुहोस् । र, तपाईहरुको आवाजलाई संसदमा बलियो होस् भन्ने म चाहन्छु । उहाँहरुले तपाईहरुको सेवा गर्न पाउनु यो एउटा ठूलो मौका हो । तपाईहरुलाई थाहा छ कि छैन ? धेरै पहिला विपी र महेन्द्र सरकार दुईटै जना एक आपसमा आदर राख्नु हुन्थ्यो । तर, उहाँहरुले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएको थिएन । त्यतिखेर मुलुकले एउटा ठूलो मौका गुमाएको थियो । अहिले त्यस्तै मौका तपाईहरुको हाम्रो ढोकामा आएको छ । अव यो मौकालाई हामीले गुमाउनु हुँदैन । अत्याधिक भोट दिनुहोस् । राप्रपालाई जिताउनुहोेस् । सबै उहाँहरुलाई जिताउनुहोस् भन्ने म आशा राख्दछु । तपाईहरुले मलाई सधैं माया दिनु भएको छ । सधैं आर्शिवाद दिनु भएको छ । म त्यसमा गौरव गर्छु । र, म चाहन्छु कि तपाईहरुको माया मेरो जीवनभर रहोस् । तपाईहरु सबैको जयहोस् ।’

अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको समेत बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?