सामसुङको नाइटोग्राफी फोन आउँदै

Read Time = 1 min

काठमाडौं । सामसुङ ग्यालेक्सी ए ३४ फाइभ जी र ग्यालेक्सी ए ५४ फाइभ जीको विश्वव्यापी बिक्री सुरु भएसँगै नेपाली बजारमा आउने भएको छ । विशेषगरी यसमा भएका तीन लेन्सयुक्त रियर क्यामेरा र नाइटोग्राफीलगायतका विशेषताले उपभोक्ताको ध्यान आकर्षित भएको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए ३४ फाइभ जी ४८ एमपी प्राइमेरी क्यामरा र दुई एमपी म्याक्रो लेन्सका साथ आएको छ भने ग्यालेक्सी ए ५४ फाइभ जीमा पाँच एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमरी क्यामेरा रहेको छ ।

दुवै फोनहरूमा ८ एमपीको अल्टा वाइड एंगल लेन्स जडित छ । ग्यालेक्सी ए ३४ फाइभ जी र ग्यालेक्सी ए ५४ फाइभ जीमा पाँच वर्षको सुरक्षा अद्यावधिक र चार वर्षको ओएस अपग्रेडको ग्यारेन्टी रहेको छ ।
फोटो छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?