चरम आर्थिक संकटतर्फ उन्मुख हुँदै पाकिस्तान

Read Time = 2 mins

इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चरम आर्थिक संकटतर्फ उन्मुख भएको पाकिस्तानलाई तत्काल वित्तीय समस्याबाट पार लगाउने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले इस्लामावादलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक भएको बताउनुभएको छ ।

पाकिस्तानको सबैभन्दा निकटको मित्र एवं हितचिन्तक साउदी अरबले प्रधानमन्त्री शेहबाज सरिफ र उहाँका दाइ नवाज सरिफलाई इद मनाउन आमन्त्रण गरे पनि त्यसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउन मद्धत गर्ने तर आर्थिक सहायता प्राप्त हुन नसक्ने टिप्पणी अर्थशास्त्री मियाले गर्नुभएको छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरबले गतवर्ष तेलको मूल्यमा उच्च वृद्धि भएका बेला व्यापार गरेर कमाएको अतिरिक्त पाकिस्तानका निम्ति उपयोग हुनेमा आर्थिक विश्लेषकहरूले आशंका व्यक्त गरेका छन् । विश्लेषक मुसर्रफ जैदीले द न्यूज इन्टरनेशनलमा ‘पाकिस्तानले साउदी सहायता प्राप्त गर्ने सम्भावना धेरै कम छ, कथंकदाचित सहयोग भएमा त्यो अस्थायी राहतमात्र हुने’ लेख्नुभएको छ ।

विश्लेषक जैदीका अनुसार अर्थशास्त्री मियाले भनेजस्तो बृहत् आर्थिक प्याकेज पाकिस्तानलाई प्रदान गर्ने अवस्थामा साउदी छैन । विकास एवं आर्थिक सहायताका ढाँचा परिवर्तन भएका छन् । साउदी शासकहरू पाकिस्तानका अभिजात वर्ग, सैन्य र नागरिकलाई निःशर्त आर्थिक संकटबाट मुक्त गर्ने चाहना पनि गर्दैनन् । रासस÷एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?