✍️ मणि शर्मा
सामाजिक सञ्जालमा यदाकदा अत्याधुनिक नारीहरूबाट रजस्वला हुँदा बार्नु हुँदैन भन्ने विचार पोखिएको पाइन्छ । जसलाई अधिकतम अत्याधुनिक नारी, अधिकारकर्मी तथा आफूलाई आधुनिक ठान्ने बुजु्रक महिलाहरूले समेत त्यसको जोडदार समर्थन गरेको पाइन्छ । पर सर्दा दशैंमा टीका थाप्छौँ, तिहारमा दाजुभाइलाई टीका लगाइदिन्छौँ, मन्दिर जान्छौँ, खाना पकाउँछौँ, सबैलाई छुन्छौँ आदि लेखेको सामाजिक सञ्जालमा भेटिन्छ । यो व्यवस्था आएपछि हाम्रो धर्म, संस्कार र मान्यताहरू माथि कथित अधिकारकर्मीहरू, आइएनजिओ र एनजिओहरू तथा हाम्रो शिक्षा पद्धतिले हाम्रो धर्ममाथि प्रहार गरिरहेको छ यो एउटा प्रमाण हो ।
विद्यालयको शिक्षा नै विद्यार्थीको जग हो । जब हाम्रो जग नै दुर्बल छ भने घर कसरी बलियो हुन्छ । रजस्वला नारी किन अपवित्र हुन्छन्, यस बारेमा हाम्रो शास्त्रमा लेखेका कारणहरू सम्बन्धमा पश्चिमाहरूले पनि अनुसन्धान गरेका छन् र गरिरहेका छन् । रजस्वला बारे भगवान धन्वन्तरिले लेखेका छन्-मासेनोपचितंं काले धमनीभ्या तदार्तवम् । ईषत्कृष्ण विदग्धं च वायुर्योर्निमुखंं नपेत ।। ( सुश्रुत शरीरस्थान) अर्थात् स्त्रीको शरीरमा त्यो आर्तव (एक प्रकारको रगत) एक महिनासम्म एकत्रित भइरहन्छ । उसको रंग कालो हुन्छ । त्यसपछि त्यो धमनीहरूद्वारा स्त्रीको योनिको मुखमा आएर बाहिर निस्कन प्रारम्भ गर्छ, यसैलाई रजस्वला वा रजोदर्शन भनिन्छ ।
रजस्वला हुँदा नारीमा दुर्बलता छाउँछ । त्यसैले हाम्रो शास्त्रले यस बेला चार दिनसम्म आराम गर्नुपर्ने नियम बनाएको हो । रजस्वला हुनुभनेको सन्तान उत्पत्तिका लागि नारी योग्य हुनु हो । यो उनीहरूका लागि ठूलो वरदान हो ।
यसबाट के देखिन्छ भने रजस्वला भएकी स्त्रीबाट निस्कने रगत कालो तथा दुर्गन्धित हुन्छ । अनुवीक्षण यन्त्रद्वारा हेर्दा यसमा कैयौं प्रकारको विषालु कीटाणुहरू पाइएको छ । रजस्वला भएकी स्त्रीको रगत कालो, दुर्गन्धयुक्त तथा विषालु भएकोले राजस्वला भएकी स्त्री अपवित्र मानिन्छ । यस्तो अवस्थामा शरीरका धमनीहरू यो अपवित्र रगतलाई बगाएर सफा गर्ने काममा लागेका हुन्छन् र त्यही बाहिर आइरहेका हुन्छन् । यस्तो बेला रजस्वला भएकी नारीले जलादि छोएमा त्यो संक्रमित भएर त्यसलाई खाने मानिसलाई समेत संक्रमित गर्छ । सन् १९२३ मा डाक्टर मिकवर्ग र पाइकेले अनुसन्धानबाट यो पत्ता लगाए कि रजस्वला भएकी नारीको स्पर्शबाट पशुलाई पनि असर गर्छ ।
उनीहरूले यो परीक्षण एउटा भ्यागुतामा गरेका थिए । रजस्वला भएकी नारीले भ्यागुतोलाई स्पर्श गरेपछि त्यो भ्यागुतोको हृदय गति सुस्त भएको थियो । सन् १९३० मा डाक्टर लेनजोले गरेको परीक्षणबाट पनि माथिको कुरा पुष्टि भयो । उनले पनि भ्यागुतोमै परीक्षण गरेका थिए । रजस्वला भएकी नारीले छोएको त्यो भ्यागुताको पाचन शक्ति कमजोर हुन जान्छ । रजोदर्शन नारीको लागि एक प्रकारको विरेचन तथा वरदान हो । यस्तो समयमा उनीहरूले पूर्णविश्राम गर्दै यस कार्यलाई पूर्ण हुन दिनुपर्छ । अन्यथा यसको दुष्परिणाम भविष्यमा देखिन्छ ।
रजस्वला हुँदा नारीमा दुर्बलता छाउँछ । कतिलाई तल्लो पोट दुख्ने, कम्मर दुख्ने आदि हुन्छ । त्यसैले हाम्रो शास्त्रले यस बेला चार दिनसम्म आराम गर्नुपर्ने नियम बनाएको हो । यस बेला आफूलाई पूर्णआराम दिने, दिउँसो नसुत्ने, नरुने, धेरै नबोल्ने, भयंकर शब्द नसुन्ने, उग्र वायुको सेवन र परिश्रम नगर्ने शास्त्रसम्मत निर्देशन छ । रजस्वला हुनुभनेको सन्तान उत्पत्तिका लागि नारी योग्य हुनु हो । यो उनीहरूका लागि ठूलो वरदान हो ।
अत्याधुनिक र अधिकारवादी नारीहरूले ऋषि पञ्चमी व्रतको विरोध गर्दै यो किन बस्ने भन्दै बहिष्कार गर्दै हिँडेका छन् । उनीहरू यसलाई कुप्रथा भन्छन् । ऋषि पञ्चमी नारीको प्रत्येक अंग (प्रत्यंगको सरसफाइ पनि हो । यसै सम्बन्धमा ऋषि पञ्चमी व्रत कथा छ । कुनै समयमा सुमित्र नामक एकजना ब्राहृमण थिए । उनकी पत्नी जयश्रीले वेदमा उल्लेखित मासिक धर्मको पालन गर्दिनथिन् । रजस्वला भएको बेला उनी भोजन आफैँ पकाउँथिन् र पतिलाई आफैँ खान दिन्थिन् । यसरी शास्त्रविपरीत अनुचित कर्म गर्नाले मृत्युपछि जयश्री कुकुर्नी र सुमित्र गोरु भएर जन्मे ।
अचेल नेपालमा खास गरी पहाडी मूलका आधुनिक सोच भएका नारीहरूले रजस्वला हुँदा बार्न छोडिसकेका छन् । यिनीहरूमा आफ्नो मौलिकता, धर्म, संस्कार र परम्पराप्रति वितृष्णा, बढ्दो छ, अंग्रेजी शिक्षा, पश्चिमा संस्कृतिको अन्धानुकरण, आफूलाई पढेलेखेको भनेर धेरै नचाँहिदो जान्ने हुने आदि कमजोरी छन् । अचेल विद्यालयहरूमा दिइने सहशिक्षा जसका कारण आफ्ना सहपाठीसँग स्पर्श हुने, लेखनी, कापी, पुस्तक पाटी सबै छुने गर्दछन् । जबकि पर सरेको बेला विद्याका सामग्री छुनु हुँदैन, विद्या सामग्री छोएर विद्याकी देवीको अपमान गरिन्छ, जसले गर्दा संकीर्णकलुषित बुद्धिमा वृद्धि हुन्छ ।
सरकारले रजस्वला भएका बेला चार दिनको बिदाको व्यवस्था गरे यो समस्याबाट निजात पाउन सकिन्छ । यस अवधिमा बालिकाहरूलाई आराम गर्न दिनुपर्छ । पहिला पहिला नारीले जागिर खाँदैन्थे तर अचेल जागिर खानुपर्ने बाध्यता आएको छ र जागिर खाने नारीले पर सर्दा बारेर साध्य हुँदैन । पहिला पहिला जागिर खाने भनेको दासीले मात्र हो । त्यस बेला पनि दासीहरूलाई पर सर्दा बिदा दिने चलन थियो । सर्वधर्मकर्तव्यविमूढ भएर जागिर खानु दासीभन्दा फरक होइन ।
यसैले पनि सरकारी होस् वा प्राइभेट वा कर्पोरेट सबैले महिलालाई मासिक धर्मका बेला चार दिन बिदा दिएर उनीहरूको स्वास्थ्यको ख्याल गर्दै स्वधर्म पालन गर्न दिनुपर्छ । पहिला पहिला खाट र खटिया हुने गथ्र्यो जो ढल्केको हुँदैनथ्यो । अचेल पलङ, सोफा, बेड आदि ढल्केका हुन्छन् र पर सरेकी नारी त्यसैमै ढल्किन्छन् । ढल्केर वा सुतेर मोबाइल हेर्ने, पढ्ने वा अन्य काम गर्छन् । रजोधर्म हुँदा बार्नका लागि अचेल अलग कोठा हुँदैन ।
पहिला अहिलेको जस्तो पक्की घर धेरै हुँदैनथे । घर फराकिला हुन्थे, ठूलो आँगन हुन्थ्यो तर अचेल घरहरू पक्की हुँदै गए । कच्ची घर वा झुप्रोमा बस्ने मानिसहरूको मन पनि घर जस्तै कोमल र नरम हुन्थ्यो तर जबदेखि पक्की घर र महलमा मानिस बस्न थाले ढुंगा, सिमेन्ट र छड झैँ मानिसको मन पनि कठोर बन्दैगयो, माया प्रेम त हराउँदै गयो साथसाथै आफ्नो धर्म पालन तथा रक्षामा भन्दा पश्चिमा धर्म र संस्कृतिप्रति मोह बढ्दै गयो । अब घरमा सोफा, पलङ, टिभी, फ्रिज आदि आयो आशौच बारेका होस् वा पर सरेका आएर त्यसैमा बस्ने भए, फ्रिजबाट पानी झिकेर खाने भए, टिभीको रिमोट चलाउने भए, एउटै शौचालय प्रयोग गर्ने भए ।
यसरी ती सबै कीटाणुयुक्त हुने भए । शास्त्रमा सानोमा छोरीको रक्षा पिताले, जवान भएपछि पतिले र वृद्धावस्थामा पुत्रले गर्छ भन्ने छ । त्यसैले त्यस बेला बलात्कार हुँदैन्थ्यो । नारी एक्लै भएका बेलामात्र कुनै दुष्टले बलात्कार गर्न सक्थे । अहिले छोरी, पत्नी र आमा कसैको अधीनमा छैनन् । छोरी ठूली भएपछि उसलाई एक्लै पढ्न टाढा पठाइन्छ । एक्ले हुँदा स्वतन्त्र हुन्छन्, शहरी हावाले उनीहरूलाई छोइसकेको हुन्छ, रिलेसनसीपमा नचिनेको केटासँग बस्न थाल्दछन् वा अनुचित सम्बन्ध राख्दछन् । पश्चिमा कथित नारी अधिकारले उनीहरू ग्रस्त हुन्छन् । विवाह भएपछि आफू पनि कमाउने हुँदा पतिको बसमा हुँदैनन्, पति पनि लाचार हुन्छन्, कमाउने स्वास्नी भनेर चुप लाग्छन् ।
छोरीका आमाहरू पनि आधुनिक हुँदै गइरहेका छन् । पश्चिमा हावाले उनीहरूलाई छोइसकेको छ । आफूले अपनाएको गलत संस्कार छोरीहरूलाई सिकाउँछन् वा छोरीले कुनै गलत काम गरे त्यसको ढाकछोप गर्छन् । अचेल त धन सम्पत्तिका लागि पुरुषलाई फसाएर फाइदा लिने कि सौदाबाजी नमिले जेल पठाउने धन्दा पनि चलेको छ । आइएनजिओ र एनजिओहरूले पूरै शासन सत्तामा अधिकार जमाइसकेकाले पुरुषहरू लाचार छन्, महिलाहरू छाडा । रजस्वला भएकी नारीले बोटबिरुवा लगाए कि त ती मर्छन् वा नमरे फलहरू कुहिन्छन् । यसको वैज्ञानिक परीक्षण भइसकेको छ । रजस्वला भएकी स्त्री मन्दिर जान नहुने पनि वैज्ञानिक कारण छ ।
मन्दिरको ब्रहृमाण्डीय ऊर्जाशक्ति धेरै सघन हुन्छ । मासिक श्राव रोकिएपछि पुनः त्यो ऊर्जाशक्ति फर्केर आउँछ । जब मन्दिरभित्र हुने चुम्बकीय तरंगहरूलाई काटिन्छ तब त्यसको प्रभाव काट्ने वस्तुमाथि पनि पर्छ । त्यसैले मासिक धर्मको समयमा नारीमा भएको तामसिक र राजसिक तरंगहरूले मन्दिरको ऊर्जालाई प्रभावित नगरोस् भनेर मन्दिर प्रवेशमा निषेध गरिएको हो । रक्तश्रावका दिनहरूमा कुनै पनि वस्तु ईश्वरलाई अर्पण गर्नु हुँदैन । आधुनिक भनिने नारीहरूले सुरुमा यसको वैज्ञानिकतालाई विश्वास नगरेर खिल्ली उडाए पनि पछिका दिनहरूमा यसलाई उनीहरूले महसुस गर्नेछन् । उमेर पुगेका यस प्रवृत्तिका महिलाहरूले त्यसकोे प्रभाव महसुस गर्न नसके तापनि यसबाट प्रभावित भइरहेका छन् ।
शास्त्रहरूमा ऋतुदान लिनु नहुने तिथि र समय पनि तोकिएको छ । अमावस्या, पूर्णिमा, चतुर्थी, अष्टमी, आइतबार, संक्रान्ति, सन्ध्याबेला, पितृपक्ष श्राद्धको एकछाकी र तिथिमा, नवरात्रिमा, श्रावण महिना र ऋतुकाल आदिमा । रतिकाललाई रात्रिको प्रथम प्रहरमा उत्तम मानिएको छ ।
हामीकहाँ पर सरेकी स्वास्नीमान्छे चाहे त्यो कुमारी होस् वा विवाहिताले मासिक धर्मलाई नबारे ईश्वरमात्र होइन कुलपितृसमेत रुष्ट हुन्छन् । जसको फल उनीहरू र उनीहरूका सन्तानले पछि गएर भोग्नुपर्ने अवस्था आउनेछ । मासिक धर्म हुँदा व्रतबन्ध गरेको पुरुषलाई नछुने चलन पनि छ । कारण यस समयमा महिलाहरू धेरै कामुक हुन्छन् । कामभावना उनीहरूमा तीव्र हुन्छ । मनुस्मृतिलगायत शास्त्रहरूमा रजस्वला भएको सात दिनपछि मात्र पति संसर्ग गर्नु भनिएको छ । त्यसअघि संसर्ग गरेका बालबालिका कमजोर, मन्दबुद्धि, अपांग आदि विकारहरूले जडित जन्मिन्छन् । शास्त्रमा सातदेखि सोह्र दिनभित्र पतिबाट ऋतुदान लिएका बच्चा योग्य बच्चा हुन्छन् ।
शास्त्रहरूमा ऋतुदान लिनु नहुने तिथि र समय पनि तोकिएको छ । अमावस्या, पूर्णिमा, चतुर्थी, अष्टमी, आइतबार, संक्रान्ति, सन्ध्याबेला, पितृपक्ष श्राद्धको एकछाकी र तिथिमा, नवरात्रिमा, श्रावण महिना र ऋतुकाल आदिमा । रतिकाललाई रात्रिको प्रथम प्रहरमा उत्तम मानिएको छ । गर्भकालमा सहवास गर्दा सन्तान अपांग वा रोगी जन्मिन्छ । कामरूप कामाख्या देवीको मन्दिरमा अम्बुवाची पर्व मनाउने चलन छ । यो देवीको रजस्वलापर्व हो । यो असार महिनाको सुरुमा मनाइन्छ । यस समयमा गर्भगृहमा सेतो कपडा राखिन्छ । तीन दिनसम्म मन्दिरको ढोका बन्द गरिन्छ । यसबेला गर्भगृहस्थित महमुद्रा (योनी तीर्थ)बाट जल प्रवाहको समयमा रक्त प्रवाह हुने गर्दछ ।
भनिन्छ, माताको रजस्वलाको समय बगेको रगत ब्रहृमपुत्रमा मिसिएकोले तीन दिनसम्म ब्रहृमपुत्र नदीको पानी रातो हुन्छ, माता चोखिएपछि पूजा हुन्छ र भक्तजनलाई प्रसादस्वरूप रातो रंग भएको कपडाको टुक्रा दिइन्छ जुन सेतो रंगको कपडा माता रजस्वला हुने बेला गर्भगृहमा राखिन्छ त्यो रक्तश्रावले रातो भएको हुन्छ । जब देवी भगवतीले त रजस्वला हुँदा बार्छिन् भने आजका आधुनिक नारीले यसलाई रूढीवादी विचार किन भन्ने ? दोष यी नारीहरूभन्दा हाम्रा यो ख्रिष्टानीकृत धर्म, सनातन धर्म विरोधी व्यवस्था हो । यसलाई समाप्त नपारे हाम्रो धर्म, संस्कार, सभ्यता लोप भएर जानेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच