![नौ महिनामा ११ खर्बभन्दा बढीको आयात](https://ehimalayatimes.com/wp-content/uploads/2022/10/bhansar-bivag-hita.jpg)
विभिन्न अध्ययन अनुसन्धानअनुसरा विश्वमा वर्षेनी दुई करोड मानिसहरू एक हृदय-मुटु रोगका कारण मरिरहेका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वमा जति पनि मानिसहरू विभिन्न रोगका कारण मर्छन्, त्यसमा मुटुरोगीहरू मर्ने क्रम पहिलो नम्बरमा पर्ने गर्छ । त्यति मात्रै होइन, विश्वमा विभिन्न महामारी, दुर्घटना, एचआइभी एड्सलगायत मर्ने मानिसहरूको संख्याभन्दा बढी मुटुरोगीहरू मरिरहेको अवस्था छ । त्यसैले गर्दा म आफू विषय विज्ञ अर्थात् डाक्टर नभए तापनि मुटुरोगबाट मानिसहरूलाई बच्न र बचाउन जन चेतनामार्फत केही गर्न सकिन्छ कि ? भनी यो लेख लेख्दै छु ।
किनभने म आफैं पनि एक मुटु (माइयो-कर्डियो/माई-काडिर्यो) रोगी हुँ । त्यसैले मैले यो लेखमा सकेसम्म म आफूले भोगेको र गरेको अनुभव अनि अनुभूतिहरूलाई आधार मानेर लेख्दै छु । त्यसैले मुटुरोगीहरूले आफ्नो आयु लम्ब्याउन के के खाने कुराहरू खाने, कति खाने ? अनि के के खाने कुराहरू नखाने, किन नखाने ? भन्ने सम्बन्धमा अनुभूतिजन्य ढंगले गर्दैछु । किनभने हाम्रो जीवन भनेको वास्तवमा हाम्रो आफ्नै हातमा हुने रहेछ । त्यसैले हामी मुटुरोगीहरूले त आफूलाई हृदयरोग लागेको थाहा पाएपछि धेरै नै होसियार भएर के के खाने, के के नखाने ? अनि कति खाने, कसरी खाने भन्ने सम्बन्धमा ध्यान दियौं भने हाम्रो जीवनलाई केही बढी समय बचाउन सक्छौँ ।
हामीले माछा-मासुबाट पाउने हरेक तत्वहरू, फलफूल र सागपातबाटै पाउँन सक्छौं । त्यसैले हामीले खानाका साथ ठीक मात्रा मिलाएर दैनिक रूपमा फलफूल र सागपात खाएमा फलफूल र सागपातबाटै माछामासुबाट हामीले पाउने हरेक तत्वहरू पाउँन सक्छौं ।
मुटुरोगीले सकेसम्म ताजा र हरियो तरकारी, घ्यूसिमी, गुलाबी भिण्डी, गुलाबी रंगको बन्दाकोबी, गुलाबी रंगको मुला, चुकन्दर, ताजा फलपूmल, ताजा सलाद, नट्स, तोरीको तेल, जैतुन (ओलिभ आइल)को तेल, माछा, छाला फालेको सेतो मासु (कुखुरो, हाँस, बंगुर आदि) उवा, जौ, फापर, गहुँ, कोदो, मकै (धानजन्य खाना कम खाने) बाट बनेको खाने कुरो खाने गर्नुपर्छ । हुन त हामीलाई भात नै खानुपर्ने बानी परेको हुन्छ । त्यसैले भात नै खाए तापनि अलि कम खाने, माछामासु, तेल, अण्डा, डिब्बामा बन्द गरिएका जुसहरू, फलफूल, तरकारी, प्याकिङ गरेको अन्य खाद्यपदार्थ र चिजबिजहरू, धेरै हिटमा खारेको घ्यू, पनिर, मोजिला, दही आदि खानेकुरो सकेसम्म हृदय रोगीहरूले खाँदै नखानु राम्रो हो । कहिलेकाहीँ बाध्यताले गर्दा (आफूले सधैं खाने कुरो नपाउँदा खेरी) आफूले सधैं खाने गरेको खानेकुरो पाउँदै नपाएमा थोरै मात्रामा खानुपर्छ ।
तर आर्थिक रूपमा साह्रै कमजोर मानिसलाई हृदय रोग लागिहालेमा के गर्ने ? किनभने आर्थिक रूपमा कमजोर व्यक्तिले त्यसरी दैनिक रूपमा खानेकुरो बार्न सम्भव हुन्छ त ? भन्ने पनि हुँदो रहेछ । त्यसको उदाहरण म आफैं छु । हो, सकिन्छ । हामीले सधैं त्यसरी ताजा र हरियो तरकारी, घ्यूसिमी, गुलाबी भिण्डी, गुलाबी रंगको बन्दाकोपी, गुलाबी रंगको मुला, चुकन्दर, ताजा फलफूल, ताजा सलाद, नट्स, तोरीको तेल, जैतुन (ओलिभ आइल) को तेल, माछा, छाला फालेको सेतो मासु उवा, जौ, फापर, गहुँ, कोदो, मकैबाट बनेको खानेकुरो खान नसेक तापनि सिस्नो, साग, आलु, आँटा, ठीकठीकै दाममा पाइने तरकारीहरू किनेर खान सकिन्छ ।
अझ भेगनहरूको भनाइनुसार त हामीले माछा-मासुबाट पाउने हरेक तत्वहरू, फलफूल र सागपातबाटै पाउँन सक्छौं । त्यसैले हामीले खानाका साथ ठीक मात्रा मिलाएर दैनिक रूपमा फलफूल र सागपात खाएमा फलफूल र सागपातबाटै माछामासुबाट हामीले पाउने हरेक तत्वहरू पाउन सक्छौँ । तर, खानेकुरो खाँदाखेरि सकेसम्म मात्रा मिलाएर ठीक समयमा खाने गर्नुपर्छ । के भनिन्छ भने, धेरै मानिसहरू बिरामी हुने अनेक कारणमा उसले खानेकुरो खान नजानेर र खाने समय नमिलाएर पनि हो ।
जसरी मेसिन वा कल-कारखानालाई निश्चित समयसम्म चलाएपछि आराम दिनुका साथै तिखार्ने, अर्जाप्ने, सफा गर्ने, पुछ्ने गर्छौं, त्यसरी नै हाम्रा भित्री र महत्वपूर्ण अंगहरूलाई टिकाउ राख्नका लागि छिटो पच्ने, सजिलै पच्ने र शरीरलाई चाहिने मात्रामा मात्रै खानेकुरो खाने बानी बसाल्यौं भने हाम्रो हाम्रो आयु अवश्य लम्बिन्छ ।
त्यसैले मानिसले खानेकुरो खाँदा सकेसम्म मात्रा मिलाएर र ठीक समयमा खाने गर्नुपर्छ । किन यसो गर्ने ? धेरैलाई थाहा नहुन सक्छ । किनभने हामीले मेसिन वा कल-कारखानालाई नै एक उदाहरण मानौं । निर्जीव मेसिन वा कल-कारखानालाई निश्चित समयसम्म काम गरेपछि आराम चाहिन्छ । मानिसलाई त झनै आरामको जरुरत पर्दछ । त्यसमाथि हाम्रा मुख्य भित्री अंगहरू जस्तै मुटु, कलेजो, मिर्गौला, फोक्सो, फियो, पित्त, आन्द्रा-भुँडी, पिसाब-थैली आदिले पनि दैनिक रूपमा ठीक समयमा ठीक काम मात्रै गर्नुपर्ने हुन्छ । त्यसो गर्यो भने बल्ल हाम्रो भित्री र महत्वपूर्ण अंगहरू जो मुटु, कलेजो, मिर्गौला, फोक्सो, फियो, पित्त, आन्द्रा-भुँडी, पिसाब-थैली आदि पर्छन्, ती पनि टिकाउ हुन्छन् । हाम्रा भित्री र महत्वपूर्ण अंगहरू मुटु, कलेजो, मिर्गौला, फोक्सो, फियो, पित्त, आन्द्रा-भुँडी, पिसाबथैली आदि टिकाउ हुनुभनेको हाम्रो आयु बढ्नु हो ।
जसरी हामीले मेसिन वा कल-कारखानालाई निश्चित समयसम्म चलाएपछि आराम दिनुका साथै तिखार्ने, अर्जाप्ने, सफा गर्ने, पुछ्ने गर्छौं, त्यसरी नै हाम्रा भित्री र महत्वपूर्ण अंगहरू मुटु, कलेजो, मिर्गौला, फोक्सो, फियो, पित्त, आन्द्रा-भुँडी, पिसाब-थैली आदिलाई टिकाउ राख्न हामीले छिटो पच्ने, सजिलै पच्ने र शरीरलाई चाहिने मात्रामा मात्रै खानेकुरो खाने बानी बसाल्यौं भने हाम्रो हाम्रो आयु अवश्य लम्बिन्छ, त्यसमा कुनै शंका छैन । त्यसैले यदि प्रशस्तै पैसा छ भने, हिृवट मिल, ओट मिल, ब्ल्याकबेरी, ब्लुबेरी, गोजीबेरी, प्लम्प, साल्मोन, टुना, फिस आयल, वालनट, बदाम, पेस्ता, जैतुनको तेल, भीरमाहुरीको मह खानु उचित हुन्छ ।
साह्रै गरिब मुटुरोगी भएका खण्डमा पनि गहुँ, कोदो, मकै आदिको खोले, भात, रोटी, ढिँडो खान सकिन्छ । सिस्नो, साग, आलु आदिको तरकारी खानु राम्रो हो । नुन चाहिँ एकदमै कम खानुपर्छ । महत्वपूर्ण कुरो नुन लागेन भनेर कहिल्यै पनि काँचो नुन थपेर खानु हुँदैन । सके त नुन नै नखानु स्वास्थ्यका दृष्टिले पनि सही मानिन्छ । कुनै पनि रोगी वा दीर्घरोगी जो बल लगाएर, पसिना बग्ने खालको काम गर्न सक्दैन, तिनको शरीरलाई दैनिक रूपमा चाहिने नुन लगभग सागसब्जी, फलफूल र अन्नबाट नै प्राप्त हुन्छ भन्ने विज्ञहरूको भनाइ छ ।
अन्तिममा यो लेखले भन्न खोजेको र दिन खोजेको सन्देश भनेको हृदयघातलगायत मुटुजन्य अन्य रोग लागे तापनि (म आफू माइयो कर्डियो-माइकाडिर्यो-मुटुको रोगी हुँ) आत्मबल बढाउने हाँसीखुसी बाँच्ने, खानपिन बार्ने र आपैंmले जान्ने भएर औषधि नछाड्ने गरेमा हामीले हाम्रो आयु बढाउन सक्ने रहेछौं भन्ने हो । किनभने त्यसको दसी-प्रमाण भनेको म आफैं एक हुँ । अब त त्यसमा अभ्यस्त भइसकेको हुँदा मर्छुजस्तो पनि लाग्दैन । ninamkirat123@gmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच