बझाङको भाडिकोट गाँउमा सौर्य ऊर्जा मार्फत विजुली , २ सय २२ घर परिवार लाभाम्बित

Read Time = 3 mins

-सुरेश धामी
बझाङ । बझाङको केदारस्यु गाँउपालिका– ३ भाडिकोट गाँउमा सौर्य ऊर्जामार्फत विजुली बाल्न पाएपछि स्थानिय खुशी भएका छन् । गाउँपालिकाको वडा नम्बर ३ स्थित भाडिकोट, डाफ्रु, मैतोली, तलिवाडा र धान्ना गाँउका करीव २ सयभन्दा बढी परिवारहरुले सौर्य ऊर्जामार्फत विजुली बाल्न पाएपछि खुसी भएका हुन् ।

गत आर्थिक बर्षमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केदारस्यु गाँउपालिकाको आर्थिक सहयोगमा करीव पाँच करोडमा लगानीमा निर्माण गरी भाडिकोट सौर्य मिनिग्रिड परियोजना मार्फत सोलारबाट विजुली बाल्न सफल भएको सौर्य ऊर्जा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खातीले बताउनुभयो ।

खातीका अनुसार यो आयोजनाको निर्माण कार्य सकिएर अहिले घरघरमा विजुली जडान कार्य भइरहेको छ । जडान पछि परिक्षण अवधी राखी परिक्षण सफल भइसकेपछि डिजिटल कार्ड मार्फत विजुलीको विल भुक्तानी हुने व्यवस्था मिलाईने उहाँले बताउनु भयो ।

वडा भित्रैकौ ठूलो गाँउमा सोलारबाट विजुली बाल्ने काम पालिकाकै पहिलो भएकाले स्थानीयहरु एकदमै उत्साहित भएको छन् । पहिले सोलार बाट गाउँमा विजुली बाल्ने बन्दा विस्वास नगरेको भएपनि अहिले उक्त योजना मार्फत गाउँमा बिजुली बलेपछि खुशी भएको स्थानिय धन बहादुर बोहराले बताउनु भयो । परियोजना निर्माण सम्पन्न गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको जम्मा ४ करोड १ लाख ३५ हजार ९ सय ५५ रुपौयाँ र गाँउपालिकाको ४४ लाख ५९ हजार ५ सय पचास रुपैयाँ लगानी रहेको छ । स्थानीयहरको सहयोगबाट निर्माण कार्य सम्पन्न भएको उक्त परियोजना बाट २ सय २२ घर परीवार लाभाम्भित भएका छन् । साथै स्थानिले विजुलीबाल्न देखी लिएर साना उद्योग धन्दाहरु पनि सञ्चालन गर्न पाउने भएका छन् । निर्माण कार्य सम्पन्न गर्न ठेक्का पाएको सौर्य इबिजा जेभि काठमाडौंका अनुसार २०७९ असार २४ गते सम्झौता भइ अहिले निर्माण कार्य सम्पन्न भइसकेको र अब हस्तान्तरण गर्न बाँकी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?