काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिना अर्थात् चैतसम्ममा व्यापारघाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख पुगेको छ । फागुनसम्म नौ खर्ब २९ अर्ब ६० करोड ५२ लाख व्यापारघाटा रहेकोमा चैतमा एक खर्ब २४ अर्बले व्यापारघाटा बढेको हो । चालु आर्थिक वर्षसम्ममा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ ।
त्यसो त गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटा २.७५ प्रतिशतले कम हो । गत वर्ष व्यापारघाटा १० खर्ब ८३ अर्ब २२ करोड पुगेको थियो । चैतसम्ममा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ वैदेशिक व्यापार भएको थियो ।
भन्सार विभागका अनुसार चैत महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।
भन्सार विभागका अनुसार चैत महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ भने गत वर्षको सोही अवधिमा १२ खर्ब एक अर्ब ५० करोड ८९ लाखको आयात भएको थियो । चैतसम्म एक खर्ब १३ करोड ९४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु र सेवा निर्यात भएको थियो ।
आयात घटे पनि भन्सार राजस्व भने बढेको छ । आर्थिक वर्ष २०८०÷०८१ को चैतसम्ममा भन्सार राजस्व ११.१३ प्रतिशतले बढेको हो । सो अवधिमा आयातबाट तीन खर्ब छ अर्ब ८० करोड रुपैयाँ राजस्व प्राप्त भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा दुर्ई खर्ब ७६ अर्ब पाँच करोड रुपैयाँमात्रै राजस्व असुली भएको थियो । गत आर्थिक वर्षभर भन्सार राजस्व तीन खर्ब ७७ अर्ब २६ करोड रुपैयाँ संकलन भएको थियो ।
कुनै पनि वस्तु आयातमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)सहित विभिन्न शीर्षकमा कर उठाउने गर्छ । वस्तुअनुसार फरक–फरक दरमा कर उठाइन्छ । नौ महिनामा सबैभन्दा धेरै भन्सार राजस्व डिजेलबाट उठेको छ । सो अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँको डिजेल आयात हुँदा ३९ अर्ब ९८ करोड १२ लाख रुपैयाँ राजस्व उठेको हो । त्यस्तै, ५० अर्ब २५ करोड ३९ लाख रुपैयाँको पेट्रोल आयात हुँदा २८ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ राजस्व उठेको छ भने तेस्रो स्थानमा रहेको एलपी ग्याँस ४१ अर्र्ब रुपैयाँको आयात हुँदा सात अर्ब ६४ करोड ९५ लाख रुपैयाँ कर उठेको छ । गाडी आयातबाट हुने भन्सार करको पनि राजस्वमा महत्वपूर्ण योगदान रहने गरेको छ ।
तथापि विद्युतीय गाडीको आयात भने अपेक्षाअनुसार बढ्न सकेको छैन । सरकारले विद्युतीय गाडी प्रवद्र्धनको नीति लिए पनि पनि सोहीअनुसार आयात बढ्न नसकेको हो । चालु आर्थिक वर्षको चैतमा छ सय ५८ युनिट विद्युतीय गाडी आयात भएको छ । बजेटको मध्यावधिक समीक्षाअघि पुस र माघमा विद्युतीय गाडी आयात बढेको थियो । साउनदेखि चैतसम्ममा सात हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षमा पाँच अर्ब ३२ करोड पाँच लाख ५० हजार मूल्यका एक हजार आठ सय सात युनिट विद्युतीय गाडी आयात भएका थिए । जसबाट एक अर्ब ४३ करोड ९२ लाख तीन हजार राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको चैतसम्म १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको सात हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको छ । जसबाट सात अर्ब ७८ करोड २१ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आर्थिक वर्षमा सबैभन्दा धेरै ५१ देखि सय किलोवाट क्षमताका गाडी आयात भएका छन् । उक्त क्षमताका ११ अर्ब ४६ करोड ९८ लाख ९२ हजार मूल्य बराबरका चार हजार ७७ युनिट विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्यांक छ । ५० किलोवाटसम्म क्षमता भएका दुर्ई हजार नौ सय दुई युनिट अर्थात् पाँच अर्ब ४० करोड २९ लाख ८८ हजार मूल्य, एक सय एकदेखि दुई सय किलोवाटसम्मका ४६ करोड ८८ लाख ३१ हजार मूल्यका ९३ युनिट गाडी आयात भएका छन् । दुई सय एक किलोवाटदेखि तीन सय किलोवाटसम्मका १५ करोड ३२ लाख ५८ हजार मूल्यका २१ युनिट विद्युतीय गाडी आयात भएका छन् ।
सरकारको कुल राजस्वमा ४० प्रतिशतदेखि ५० प्रतिशतसम्मको हिस्सा भन्सार राजस्वले ओगट्ने गरेकोमा समीक्षा अवधिमा पनि हिस्सा ४५.७१ प्रतिशत रहेको छ ।
सरकारले चैतसम्म छ खर्ब ७१ अर्ब ११ करोड रुपैयाँ बराबरको करमा आधारित आम्दानी गरेको छ । त्यसमा तीन खर्बभन्दा बढी कर भन्सारबाट उठेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच