स्वास्थ्यका लागि भुइँस्याउ अर्थात् याकोन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भुइँस्याउ शखरखण्डजस्तै देखिने, खाँदा स्याउ वा नासपातीजस्तै लाग्ने र माटोमा लटरम्म फल्ने कन्दमूल फल हो । यो फललाई दक्षिण अमेरिकामा ‘याकोन’ भनिन्छ । यसको बोट दुई मिटरसम्म अग्लो हुन्छ र पातहरू हल्का झुस भएका हरिया र केही लाम्चा हुन्छन् ।
एउटा बोटको जरामा १५-२० को संख्यासम्म र १०-१५ केजीसम्म यसका फलहरू पाउन सकिन्छ । यस फलको एउटा दाना २.५ केजीसम्मको पनि पाइएको छ । यो फल ऐतिहासिक उद्गमस्थलका रूपमा दक्षिण अमेरिकाको एनडिना क्षेत्र हो ।

यो फल बोक्रा ताछेर काँचै खाने चलन छ । जमिनबाट खनेर एक हप्तापछि खाँदा हल्का गुलियो र स्वादिलो हुन्छ । यस फलमा फलाम, क्याल्सियम, सोडियम, पोटासियम, क्लोरिन, म्याग्नेसियम, भिटामिन बी-१, बी-२ र भिटामिन सीजस्ता तत्वहरू पर्याप्तमात्रामा पाइने भएकाले अत्यन्तै पोषणयुक्त फल वा सुपर फुडको पंक्तिमा राखिएको छ । जमिनबाट खनेर एक हप्तापछि खाँदा गुलियो र स्वादिलो हुन्छ ।

यसका फाइदाहरू
मेटाबलिज्म (पाचनक्रिया) मा तत्काल परिवर्तन हुन्छ ।
उच्च फाइबरको मात्रा हुन्छ ।
कोलेस्ट्रोल र मधुमेहलाई सन्तुलनमा राख्छ ।
शरीरमा जम्मा भएको बोसोलाई शक्तिमा परिवर्तन गर्छ ।
मोटोपन घटाउन सहयोगीको भूमिका खेल्छ ।
पाचन शक्तिमा सुधार हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

क्यालोरी कम, एन्टिअक्सिडेन्ट, भिटामिनलगायत शरीरलाई चाहिने धेरै तत्व पाइने भएकाले अति महत्वपूर्ण फलका रूपमा यसलाई लिइन्छ । मोटोपन र मधुमेहबाट बच्न तथा स्वस्थ रहन यो फल अति नै उपयोगी रहेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ ।
एक दशकपहिले काठमाडौं उपत्यकाभित्र र बाहिर नुवाकोटको ककनीमा पहिलोपल्ट यसको परीक्षणस्वरूप उत्पादन गरेको पाइन्छ भने त्यसपछि काभ्रे, मकवानपुर, गोदावरी ललितपुरमा छिटफुटरूपमा खेती गरेको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?