कोशी प्रदेश सरकार गठनसम्बन्धी विवाद : सुनुवाइ सकियो, फैसला भोलि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं l कोशी प्रदेशमा  सरकार गठनसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतमा दायर मुद्दाकाे अन्तिम सुनुवाइ सकिएको छ।

बुधबार नै फैसला सुनाउने तयारी रहे पनि फैसला लेखनका लागि अध्ययन गर्न समय अपुग भएपछि उक्त मुद्दा बिहीबारलाई हेर्दाहेर्दैमा राखिएको छ।

हिजो हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखेर भोलिलाई फैसला सारिएको हो ।

न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ सकिएको हो।

सम्भवतः बिहीबार यो मुद्दामा सर्वोच्चले फैसला सुनाइने छ ।

सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको थियो ।

गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

यसअघि सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुख्यमन्त्रि नियुक्ति गर्दाका सक्कलै फाइल झिकाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?