संसदमा विष्णु पौडेलको प्रश्न : ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’

'सरकारले शान्ति सुरक्षा कायम गर्न सकेन'

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरुमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उहाँले १३ वैशाखमा झापामा ओलीसहित सुवास नेम्वाङसहित एमालेका नेतामाथि आक्रमण भएको विषयमा गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिएको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

अध्यक्ष ओली पाँचथरमा रहनुभएका र त्यहाँको शान्ति सुरक्षा राम्रो नभएकाले कुनै अप्रिय घटना भए सरकारलाई महंगो पर्ने उहाँले चेतावनी दिनुभयो ।

झापामा ओलीमाथि भएको सांघातिक आक्रमणको प्रयासमा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेको सूचना आएको भन्दै उहाँले भन्नुभयो, ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’

नेतामात्र होइन आमनागरिकमाथि आक्रमण भएको र हत्या भएको भन्दै उहाँले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको हो भन्दै प्रधानमन्त्रीसँग प्रश्न गर्नुभयो ।

दिनदहाडै कपनमा पसलमै निरा पाण्डे आचार्यको हत्या भएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै उहाँले देशभर सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?