एभरेष्ट बैंक र फोन पेबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एभरेष्ट बैंकले फोन पेसँग सहकार्य गरी नेपाली बजारमा पहिलोपटक अफलाइन डिजिटल पेमेन्ट ‘फोनट्याग’ ल्याएको छ । फोनट्याग एक अफलाइन भुक्तानी समाधान हो, जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकलाई मोबाइल बैंकिङ एपबाट ग्राहकले प्रस्तुत गर्ने क्युआर कोडमार्फत् भुक्तानीमा सघाउँछ ।

त्यस्तो अफलाइन कारोबारको सीमा पाँच हजार प्रतिकारोबार रहेको छ । जुन सेवा एभरेष्ट बैंकका सबै ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् प्रयोग गर्न सक्छन् । हाल यो सेवा एनएफसी सक्षम एन्ड्रोइड स्मार्टफोनमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

सो अवसरमा एभरेष्ट बैंकका उपमहाप्रबन्धक आशुतोष शर्माले भन्नुभयो, ‘यस सेवामार्फत् एभरेष्ट बैंकले ग्राहकको सुविधामा नयाँ गतिशीलता थपेको छ र डिजिटल भुक्तानीको प्रमुख समस्या सम्बोधन गर्न अति आवश्यक ग्राहक केन्द्रित दृष्टिकोण अपनाएको छ ।’ फोनट्यागको सुरुवातसँंगै ग्राहकले विभिन्न मर्चेन्ट आउटलेटमा फोनट्यागद्वारा भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक पाउन सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?