कविता : वैशाख भो चञ्चल !

बद्रीप्रसाद दाहाल
Read Time = 1 min

बस्छ्यौ रे परदेश यो खबरले, भित्रै भएँ खल्बल
सम्झन्छु म-रुन्छ धर्धर प्रिया ! बन्दैछु रे चञ्चल
कस्तो रोग रहेछ प्रेम जगमा, पर्दैछु एकै थला
सम्झी छट्पट हुन्छु हे अनुधरा, न्यास्रो छ तिम्रो गला ।। १।।

ती छाँगा छहरा र कानन डुली, उद्यानमा रम्दथ्यौँ
ती पाखा-पहरा-वनैवनै घुमी, सानन्दमा जम्दथ्यौँ
मस्केका हिम-शैल झैँ वदनले, छर्दै नयाँ-सौरभ
भथ्र्यौं प्रीति-घडा छटा अनुधरा ! गथ्र्यौँ दुवै गौरव ।। २ ।।

आँखा चार मिलेर मौन लयमा, झुल्थे नयाँ-सिर्जना
बाहू-हार अपार झङ्कृत हुँदै, खुल्थे अहा ! तिर्सना
आँखा टल्पल बन्दछन् जल भरी, चित्तै बन्यो ढल्पल
छोडी आऊ विदेश हे पृयतमा, वैशाख भो चञ्चल ।। ३ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?