नयाँ बसपार्कमा सप्तरंगी रोधी घर सञ्चालनमा

Read Time = 2 mins

काठमाडौं । काठमाडौंको नयाँबसपार्कमा सप्तरंगी रोधी घर सञ्चालनमा आएको छ । नेपाल टेलिकमको अगाडी सञ्चालनमा आएको सप्तरंगी रोधी घरको सोमबार दश दिने समुद्घाटन कार्यक्रम समापन गरियो ।

समुद्घाटन कार्यक्रम समापनमा गायक खड्का गर्बुजा, नन्द कृष्ण जोशी, तुल्सी पराजुली, एरेन्जर बि.बि अनुरागी, सारंगी वाद्यक धर्म गन्धर्व, समाजसेवी जुनु पुनमगरको उपस्थिति थियो । उपस्थित कलाकारले रोधी घरले नेपाली कलासंस्कृतिलाई बचाइराखेको र थुप्रै कलाकारलाई बाँच्ने आधार बनाएको भन्दै सप्तरंगी रोधी घरका लागी शुभकामना शब्द दिनुभएको थियो ।

एक महिनाअघि नै अनौपचारिक रूपमै सञ्चालनमा आएको रोधी घरको दश दिन अघिबाट समुद्घाटन कार्यक्रम राखिएको थियो । समुद्घाटन समारोहमा राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहेको थियो । साउन ६ गतेको औपचारिक समुद्घाटनको पहिलो दिन लोकप्रिय लोक गायक तथा सर्जक श्रीकृष्ण बम मल्लको उपस्थिति थियो । मल्लले रोधीघरहरूको भिडमा फरक विशेषताको साथमा सप्तरंगी रोधी घर सञ्चालनमा आएको भन्दै शुभकामना दिनुभएको थियो ।

साथै अन्य दिनमा सर्मिला गुरुङ, चन्द्र शर्मा, टीका सानु, प्रीति आले, थालेश्वर गौतम, महादेव त्रिपाटीलगायत अतिथि कलाकारको उपस्थिति थियो । रोधी घर प्रकाश लामा, लक्ष्मण कार्की, ललित रावल र केशु पुनमगरले सञ्चालनमा ल्याउनुभएको हो । सञ्चालिका तथा समुद्घाटन समारोहकी संयोजक केशु पुनमगरले रोधी घरहरूको भिडमा आफूहरूले पारिवारिक वातावरणमा फरक स्वाद दिने बताउनुभयो । उहाँले ८० लाखको आसपासको लगानीमा रोधी घर सञ्चालनमा ल्याएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?