बागमती प्रदेश सरकार विस्तार, कांग्रेसका २ मन्त्रीले लिए शपथ

हिमालय टाइम्स
Read Time = 2 mins

हेटौंडा । बागमती प्रदेश सरकार विस्तार भएको छ । आज विस्तारित प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीले शपथ लिनुभएको छ ।

आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिनुभएको हो ।

नेपाली कांग्रेस काभ्रेका सभापति रहनुभएका प्रदेश सभा सदस्य तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । आइतबार बागमती प्रदेश सरकार विस्तार हुँदा लामाले सो मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।

२०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित उनी २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित हुनु भएको थिाये । सोही कार्यकालमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित भएका उनी संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएर भुमिका निर्वाह गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?