तिनाउमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता

सांकेतिक तस्बिर

रासस
Read Time = 1 min

बुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । अर्का एक बालक बेपत्ता हुनुभएको छ ।

बुटवल उपमहानगरपालिका–११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बेपत्ता हुनुभएको थियो । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

आफ्नी आमासँग सानी आमाको घरमा बुटवल सिर्जनानगर आएका विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बग्नुभएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुवै बालक दिदी बहिनीका छोराहरु हुनुहुन्छ । पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खबर गर्नुभएको थियो । नदीमा हराएका बालकको खोजी जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *