सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ६० हजार नाघ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सुनको भाउ आज (बुधबार) पनि बढेको छ । मंगलबारको तुलनामा आज सुनको भाउ आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *