टेलिकम र अदालतबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतमा विविध दूरसञ्चार सेवा उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सर्वोच्च अदालतका सह-रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार नेपाल टेलिकमले सम्झौतापत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतमा डेडिकेटेड इन्टरनेट सेवाका साथै एफटिटिएच तथा एसएमएस अलर्टलगायतका सेवा उपलव्ध गराउनेछ ।

हाल यस्तो सेवा उच्च अदालत तथा उच्च अदालतअन्तर्गतका इजलास र विभिन्न जिल्ला अदालतमा उपलब्ध हुने टेलिकमका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *