विपक्षी दलहरूले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने (भिडियाे)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । विपक्षी दलहरूले जनसरोकारका विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने समझदारी भएको हाे ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र बाढीपहिरोलगायत विषयमा विभिन्न सुझाव संकलन गरेर सरकारलाई ज्ञापन पत्र बुझाउने समझदारी बनेको हो ।

बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुन:स्थापनाबारे सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ ।

प्रचण्डको आह्वानमा बसेको बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाका नेताहरूको सहभागिता थियो । यस्तै बैठकमा सत्तामा रहेका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसमेत सहभागी हुनुहुन्थ्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *