इलाममा २१ हजार ८ सय मतगणना, कसको कति मत ?

हिमालय टाइम्स
Read Time = 1 min

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रतालाई कायमै राख्नुभएको छ ।

सुहाङले ८ हजार ८९८ मतका साथ अग्रता कायमै बनाउँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६ हजार २८० मत प्राप्त गर्नुभएको छ । खड्का सुहाङभन्दा २६१८ मतले पछाडि पुर्नभएको छ ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ६३४ मत प्राप्त गर्नुभएको छ । भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १३०५ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म २१ हजार ८१० मत गणना भएको छ ।

प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *