Date:2017/11/25 |Saturday

एसीसी यू १९ क्रिकेट–नेपालको शानदार जित

Posted on: September 13, 2017 | views: 74 |

हिमालय टाइम्स । नेपाल एसीसी यू १९ क्रिकेट प्रतियोगिताको एक खेल बाँकी छदँै सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो खेलमा फराकिलो जित हात पार्ने क्रममा नेपालले आज भुटानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ ।
नेपालले यस अघि सोमबार पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले हराएको थियो ।
 सन्दीप सुनार २१ रनमा आउट भएपनि आसिफ शेख २३ र अनिल शाह ४ रनमा अविजित रहँदा नेपालले खेल जितेको थियो । आसिफले २१ बलमा ३ चौका प्रहार गरे । सन्दीपले २६ बलमा ४ चौका प्रहार गरे । भुटानका तर्फबाट एकमात्र विकेट छिरिङ पेन्जोरले लिए ।

टस जितेर ब्याटिङ गरेको भुटान लामो समय टिक्न सकेन । भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो । कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दीप लामाछिनेले ९ विकेट लिएका थिए । दीपेन्द्रले ५ विकेट र सन्दीपले ४ विकेट लिएका थिए । दीपेन्द्रले ८ ओभरमा २३ रन खर्चे भने सन्दीपले ७ ओभरमा ३ मेडनसहित ७ रनमात्र दिए । सन्दीपले थाइल्यान्डसँगको खेलमा ७ विकेट लिएका थिए ।
समुह ‘ए’ मा रहेको छ नेपाल र सिंगापुरले लगातार २ जित हासिल गरेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपाल र सिंगापुरबीच बिहिबार हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ ।  फाइनलमा पुग्ने दुई टोलीले एसिसी एसिया कप यू १९ मा प्रवेश पाउनेछन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं