कविता : बाल अधिकार

हिमालय टाइम्स
Read Time = 1 min

✍️ आकृति मल्ल

ज्ञानी, सज्जन मान्छेलाई भन्छन् सबले राम्रो ।
लेख्न, पढ्न, डुल्न जानु अधिकार हाम्रो ।।
प्रगतिको पथमा जान सबले पढ्नै पर्छ ।
अधिकार प्राप्त गर्न हामीले लड्नै पर्छ ।।

थोपा थोपा जोगाएर घैँटो भर्नु पर्छ ।
बालश्रम विरुद्धमा हामीले लड्नु पर्छ ।।
काम पनि गर्नै पर्छ नत्र पेट भोको ।
पढी लेखी असल बन्ने राख्नु पर्छ धोको ।।

फूलबारीका फूल जस्तै बालबालिका पनि ।
बुझ्नु पर्छ त्यस्तै हुन्छन् अनेक गुणका भनी ।।
लाउनु पर्छ बालकले अधिकारको नारा ।
भोलि फेरि बोक्नु पर्छ देशको अभिभारा ।।

परिस्थिति जेसुकै होस्, डटी गरौँ सामना ।
बालदिवसको सुअवसरमा हार्दिक शुभकामना ।।

कक्षा ७, कोटेश्वर सरस्वती मावि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?