20th September | 2018 | Thursday | 3:58:58 AM

स्पेनी फुटबल टोलीको प्रशिक्षकमा बार्साका पुर्वप्रमुख लुइस नियुक्त

  POSTED ON : Tuesday, 10 July, 2018 (11:35:45 AM)

स्पेनी फुटबल टोलीको प्रशिक्षकमा बार्साका पुर्वप्रमुख लुइस नियुक्त

मड्रिड । बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । 

राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई सोमबार उनको सट्टामा नियुक्त गरिएको हो । 

विश्वकप फुटबल प्रतियोगितामा अनपेक्षित असफलता भएकाले राष्ट्रिय फुटबललाई नयाँ तरिकाले अगाडी बढाउनुपर्ने भन्दै उनलाई हटाइएको अधिकारीहरूले जनाएका छन् । 

“लुइस इन्रीक आगामी दुई बर्षका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा निर्विरोध नियुक्त हुनुभएको छ,“ स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेजले सञ्चारकर्मीहरुसँग भने । 

लामो समय फुटबल क्षेत्रमा विताएका ४८ बर्षिय लुइसले स्पेनको फुटबल टोलीलाई प्रभावकारी र सशक्त बनाउने अपेक्षा गरिएको उनले बताए । 

रूसमा भएको विश्वकप फुटबलमा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो भने विश्व वरियतामा पनि ७०औं स्थानमा परेको थियो । 

एएफपी


Views: 0