25th April | 2019 | Thursday | 7:30:05 AM

लयमा फर्कँदै रियल मड्रिड

एजेन्सी   POSTED ON : माघ २२, २०७५ (५:४७ AM)

लयमा फर्कँदै रियल मड्रिड

मड्रिड । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बहिर्गमनसँगै लय गुमाएको रियल मड्रिड पछिल्लो समय लयमा फर्किएको छ । उसले पछिल्ला पाँचमध्ये चार खेलमा जित निकालेको छ । लगातार चौथो खेलमा जित निकाल्ने क्रममा उसले आइतबार राति ला लिगामा अलाभेसमाथि ३–० को जित निकाल्यो । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमा, भिनिसियस जुनियर र मारियानो डियाजले एक एक गोल गरेका थिए । 

३०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए । ८०औं मिनेटमा मार्को ऐसेन्सियोको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियलले २–० ले अघि बढाए । थपिएको समयमा मारियानो डियाजले तेस्रो गोल गरेका थिए । जितसँगै रियलले दोस्रो स्थानको शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँगको अंक दूरी २ मा झारेको छ । रियलको ४२ अंक पुगेको छ । एट्लेटिकोको ४४ अंक रहेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ५० अंक रहेको छ । अलाभेस ३२ अंक जोडेर सातौ स्थानमा छ ।


Views: 82

सम्बन्धित सामग्री:

नेपालद्वारा मलेशिया पराजित

: बैशाख ११, २०७६ (१२:०२ PM)