Date:2017/10/23 |Monday

मड्रिडलाई सिजनको पहिलो उपाधि

Posted on: August 10, 2017 | views: 46 |

एजेनसी

म्यासेडोनिया । युइएफए च्याम्पियन्स लिग विजेता तथा स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडले सिजनको पहिलो उपाधि जितेको छ । सिजनको पहिलो उपाधि जित्ने क्रममा रियलले युइएफए सुपरकपको रूपमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै सिजनको पहिलो उपाधि रक्षा गरेको हो । 

म्यासेडोनियामा मंगलबार राति भएको खेलमा युरोपा लिग च्याम्पियन युनाइटेडलाई २–१ ले पराजित गर्दै सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । युरोपीयन फुटबलको नयाँ सिजन सुरु हुनुअघि युरोपीयन च्याम्पियन र युरोपा लिग च्याम्पियनबीच फाइनल खेल खेलाउने चलन छ । युरोपीयन च्याम्पियन मड्रिडले २४ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । 

ड्यानी कार्भाजलको पासलाई ब्रजिली क्यासमिरोले अफसाइड बिट ट्रयाप गर्दै वान टचमै गोल गर्दै सुरुवाती अग्रता दिलाएको थियो । गोलको थुपै्र मौका खेर फाल्दा रियलले पहिलो हाफमा १–० को अग्रतामात्र लिन सक्यो । त्यसो त इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले पनि गोलको मौका खेर फालेको थियो । पहिलो हाफसम्म १–० को अग्रता बनाएको मड्रिडले ५२ औं मिनेटमा अग्रता दोब्बर पा¥यो । रियलका लागि स्पेनिस इस्कोले म्यानचेष्टर युनाइटेडको नजरमा रहेका वेल्सका ग्यारेथ बेलको उत्कृष्ट पासमा गोल गरेको थियो । 

खेलमा २–० ले पछि परेपछि युनाइटेडले सम्हालिएको खेल खेल्दै एक गोल गरेपनि त्यो उपाधिका लागि पर्याप्त बनेन । युनाइटेडका लागि यसै सिजन एभर्टनबाट युनाइटेड आएका रोमोलु लुकाकुले गोल गर्दै खेलमा फर्कने संकेत दिए । ६२ औं मिनेटमा यसै सिजन चेल्सीबाट युनाइटेड पुगेका नेमान्जा मेटिकको प्रहारलाई गोलरक्षक केलर नाभासले फालेको बललाई रिवाउण्डमा लुकाकुले गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न नसक्दा खेल रियलले २–१ ले आफ्नो पक्षमा पार्यो ।

युनाइटेडविरुद्धको खेलमा प्रशिक्षक जिनेदिन जिदानले सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा राखेका थिएनन् । उनले खेलको अन्तिम केही समयमात्र मैदानमा बिताएका थिए । यता मोउरिन्होले भने यस ट्रान्सफर विन्डोमा भिœयाएका तीनै खेलाडीलाई पहिलो रोजाइमा उतारेका थिए । तर, रियलको बलियो रक्षापंतिसामु युनाइटेडको केही जोर चलेन । 

रियलले यसै साता स्पेनिस सुपर कपमा बार्सिलोनाको सामना गर्दैछ । दुई लेगमा हुने खेलको दोस्रो लेग अर्को साता हुनेछ । यता म्यानचेष्टर युनाइटेड भने अर्को साताको सुरुदेखि प्रिमियर लिगमा व्यस्त हुनेछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं