22nd July | 2018 | Sunday | 10:24:23 PM

अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डीमा भारत च्याम्पियन

  POSTED ON : Sunday, 24 September, 2017 (2:02:47 PM)

अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डीमा भारत च्याम्पियन

हिमालय टाइम्स

काठमाडौं । भारत नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी प्रतियोगिताको भारत च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्डहलमा शनिबार भएको फाइनलमा आयोजक नेपाललाई ५९–२१ को फराकिलो अन्तरमा पराजित गर्दै भारत प्रतियोगिताको च्याम्पियन बनेको हो । 

एकपक्षीय बनेको खेलमा भारत घरेलु टोली नेपालविरुद्ध निकै हावी हुँदा पहिलो हाफमा ३७–११ को आरमदायी अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेपनि २२–१० ले भारतलाई नतिजा सुम्पियो । 

तीन राष्ट्र सहभागी प्रतियोगिता सुपर लिगको आधारमा भएको थियो ।

लिगमा नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनलमा प्रवेश गरेका थिए । विजयी खेलाडीलाई राखेपका सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापाले पुरस्कृत गरिन् ।