Date:2017/12/17 |Sunday

मर्रे र सेरेना अष्ट्रेलियन ओपनबाट फर्कन

Posted on: October 11, 2017 | views: 54 |

एजेन्सी 

सिड्नी । बेलायती एन्डी मर्रे र अमेरिकी महिला टेनिस खेलाडी सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसबाट खेलमा फर्कने भएका छन् ।

अष्ट्रेलियन ओपन टेनिसका निर्देशक क्रेइग टिलेले मर्रे र सेरेना जनवरीमा हुने अष्ट्रेलियन ओपनबाट खेलमा फर्कने विश्वास व्यक्त गरेका छन् । बेलायती नम्वर एक ३० वर्षीय मर्रे जुलाईमा भएको विम्वलडन टेनिसमा चोट बोकेपछि कोर्टमा फर्केका छैन् । ३६ वर्षीय सेरेनाले सेप्टेम्बरमा बच्चालाई जन्म दिनुभन्दा अघि दसख नै कोर्टमा फर्किएका छैनन् । यस्तै नोभाक जोकोभिच र स्टा वावारिन्काले पनि अष्ट्रेलियन ओपन खेलने निर्देशक टिलेले बताएका छन् । पूर्व नम्बर एक सर्वियाका नोभाक जोकोभिच विम्वलडन दौरान नै घाइते भएका थिए । यस्तै स्टान वावारिन्का र जापनिज निशिकोरीले पनि विम्वलडन दौरान नै चोट बोकेका थिए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं