Date:2017/11/25 |Saturday

सफलता दोहो¥याउन चुनौती

Posted on: November 08, 2017 | views: 31 |


हिमालय टाइम्स

काठमाडौं । असोज १ गते नेपाली युवा टोली मलेसियामा एसीसी यु–१९ क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्रको च्याम्पियन बन्दै एसिया कपलाई छनोट भएको थियो । त्यतिबेला नेपालले हङकङलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन भएर एसिया कपलाई छनोट भएको थियो । 

त्यही प्रतियोगिता नोभेम्बर १० बाट १९ तारिखसम्म मलेसियाको तीन भिन्न शहरमा हायोजना हुँदैछ । यसै प्रतियोगिताको लागि नेपाली युवा टोली मंगलबार साँझ मलेसिया प्रस्थान गरेको छ । मलेसियामा नेपाललाई यसपटक डेढ महिनाअघिको सफलता दोहो¥याउन चुनौती हुनेछ । किनभने एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्रहरूको सहभागिता छ । नेपालले ११ नोभेम्बरमा किन्नरा ओभलमा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । 

मलेसिया प्रस्थान गर्नुअघि नेपाली युवा टोलीले एक सातासम्म बंगलादेशमा प्रशिक्षण र अभ्यास खेल खेलेको थियो । तीन अभ्यास खेलमध्ये दुई खेल गुमाएको नेपाली युवा टोलीले तेस्रो तथा अन्तिम अभ्यास खेलमा भने जित हात पारेको थियो । बंगलादेशको युवा टोलीसँगको अभ्यास खेल र प्रशिक्षणले नेपाली टोलीमा आत्मविश्वास बढेको युवा टिमका मुख्य प्रशिक्षक विनोद दासले बताए । 

प्रशिक्षक दासले यही आत्मविश्वासका साथ मैदान उत्रँदै हरेक खेल जित्नको लागि खेल्ने बताए । ‘निश्चय नै खेलाडीहरूमा बंगलादेश टुरले आत्मविश्वास बढेको छ । यसबाट धेरै कुरा सिक्न सकिन्छ ।’ प्रशिक्षक दासले भने, ‘ब्याटिङमा केही सुधार आएपनि सुधार्नु अझै आवश्यक छ । अन्तिम अभ्यास खेलमा जस्तो ओपनर ब्याट्सम्यानहरूले राम्रो साझेदारी गरे जित्न सकिने पर्याप्त आधार भेटिन्छ ।’ 

यस्तै प्रशिक्षक दासले टिमको बलियो पक्ष नै हरेक खेलमा प्रयोग गर्ने र सकेसम्म राम्रो क्रिकेट खेल्ने बताए । मुख्य प्रशिक्षक विनोद दासले बंगलादेश भ्रमण फलदायी भएको र त्यहाँबाट सिकेको कुराहरू मलेसियामा प्रयोग गर्ने बताएका छन् । यस्तै प्रशिक्षक दासले तयारी राम्रो रहेकाले खेलमा पोटेन्सियल भएर खेल्ने प्रयास गर्ने बताए । सोचेअनुरूपको गर्न सक्छौं कि सक्दैनौ भन्ने कुरामात्रै हो । प्रशिक्षक विनोद दासले मलेसियामा राम्रो क्रिकेट खेल्नु नै मुख्य प्राथमिकता रहेको बताउँदै पहिलो फोकस बंगलादेशसँगको म्याचमै हुने बताए । 

नेपाल रहेको समूह ‘ए’ मा आयोजक मलेसियासँगै बंगलादेश र भारत रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र अफगानिस्तान रहँदा एक टोलीको टुंगो लाग्न बाँकी छ । 

समूह चरणमा नेपालको खेल तालिका 

शनिबार ११ नोभेम्बर किन्नरा ओभलविरुद्ध बंगलादेश

आइतबार १२ नोभेम्वर वायुमासविरुद्ध भारत

मंगलबार १४ नोभेम्बर वायुमास विरुद्ध मलेसिया


नेपाली टोली

दीपेन्द्र सिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, अनीलकुमार शाह, पवन सर्राफ, सन्दीप सुनार, रोहितकुमार पौडेल, किशोर महतो, प्रनित थापामगर, शहाब आलम, कमलसिंह ऐरी, प्रकाश केसी, जितेन्द्र सिंह, भीम शार्की र रसिद खान । 

म्यानेजरर टेक्निकल एनलिस्टः रमन शिवाकोटी, मुख्य प्रशिक्षकः विनोद दास, सहायक प्रशिक्षकः कलाम अली ब्याटिङ कन्सलट्यान्टः मुर्गुङ जगदीश देसाई र फिजियोः दिनेश भट्ट रहेका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं