Date:2017/11/23 |Thursday

नेपाल ओमनसँग पराजित

Posted on: November 08, 2017 | views: 43 |

काठमाडौँ । एएफसी उन्नाइस वर्षमुनि  यू–१९ च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । 

कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले सबै खेलमा हार बेहो¥यो । चार खेलमा १२ गोल खाएको नेपालले एक गोल पनि फर्काउन सकेन । 

नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भयो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग १–० ले गोलअन्तरको हार ब्यहोर्न पुगेको थियो ।  रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं