Date:2017/11/23 |Thursday

नेपालको एतिहासिक जीत, भारत १९ रनले पराजीत

Posted on: November 12, 2017 | views: 54 |

काठमाडौं । मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजीत गरेको छ । 

कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई हराउन सफल भएको हो । ऐरीले १०१ बलमा ६ चौका र एक छक्काको मदतमा ८८ रन बनाए भने बलिङ तर्फ पनि उत्कृष्ट पदर्शन गर्दै चार विकेट लिएका छन् । 

खराव सुरुवात गरेको नेपालले २८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । आसिफ शेख ३ र अनिल शाह ६ रनमा आउट भएका थिए । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले ओपनर जितेन्द्र सिंह ठकुरीसँग मिलेर नेपालको पारी सम्हाले ।

जितेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ४९ रनको साझदारी गरे । जितेन्द्र ३६ रन बनाए । त्यस्तै बलिङ तर्फ नेपालका पवन सरार्फले २ विकेट लिए भने सन्दिप लामिछानेले १ विकेट लिए । त्यस्तै साहब आलम, दीपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरीले १–१ विकेट लिएका छन् ।

 भारतका लागि हिमांशु रानाले सर्वासधक ४६ रन बनाएर आउट भएका थिए भने कलराले ३५ रन बनाएर आउट भए ।  आथार्वा टाइडे १३ रन बनाए भने सलमान खान शून्यमा आउट भए।

मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं