16th October | 2018 | Tuesday | 7:44:54 AM

अरहान्त र भावनालाई स्वर्ण

  POSTED ON : Sunday, 31 December, 2017 (6:11:13 PM)

अरहान्त र भावनालाई स्वर्ण

हिमालय टाइम्स

काठमाडौं । अरहान्तकेशर सिम्ह र भावना सुनुवारले राखेप च्याम्पियनसिप–२०७४ अन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । च्याम्पियनद्वय मध्यमाञ्चलका हुन् ।

सातदोबाटोमा भएको पुरुष सिंगल्स फाइनलमा अरहान्तले पश्चिमाञ्चलका अमृत थापामगरलाई ८–११, ११–९, ११–५ र ११–७ को सेटमा पराजित गरे । मध्यमाञ्चलकाद्वय चिरी लामा र राजेन्द्र शाक्य तेस्रो भए । अरहान्तले प्रतियोगतामा २ स्वर्ण जिते । उनीसँगै सुदीपबहादुर सिंह, चिरी लामा र विनोदरत्न शाक्यको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको हो ।

महिला फाइनलमा भावनाले पश्चिमाञ्चलकै कृष्णा थापालाई ११–६, ११–६, ६–११ र ११–७ को सेटमा हराइन् । मध्यमाञ्चलकाद्वय विपना ब्लोन र स्वस्थानी श्रेष्ठ संयुक्त रूपमा तेस्रो बने । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल र नेपाल स्क्वास ¥याकेट्स संघका अध्यक्ष किशोर महर्जनले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

पुस १० गतेदेखि सुरु प्रतियोगितामा ३ विकास क्षेत्र (मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चल) तथा १ विभागीय टोली (नेपाल प्रहरी) का ४४ खेलाडी सहभागी थिए । ३२ पुरुष र १२ महिला खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुरुष÷महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा भिडन्त भएको थियो ।


Views: 24