18th September | 2018 | Tuesday | 9:42:11 PM

आइसीसी क्रिकेट – आज नेपाल र हङकङ भिड्दै

  POSTED ON : Monday, 12 March, 2018 (10:48:09 AM) Views: 0

आइसीसी क्रिकेट – आज नेपाल र हङकङ भिड्दै

हिमालय टाइम्स आइसीसी क्रिकेट वल्र्डकप छनोट प्रतियोगितामा आज नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग खेल्दै छ ।


यसअघि लगातार ३ खेल हारेको नेपाल अंकविहीन हुँदैे समूह बी को सबैभन्दा पुछारमा छ । उता ३ मध्ये १ खेल जित्दै २ अंक जोडेको हङकङ अफगानिस्तानसँग रनरेटमा पछि पर्दै चौथो स्थानमा छ । समूह बी बाट घरेलु टोली जिम्बावे र स्कटल्याण्ड लगातार ३ खेल जित्दै यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् । त्यसैले नेपाल र हङकङबीचको खेल सुपर सिक्समा पुग्ने तेस्रो टोलीको लागि निर्णायक मानिएको छ ।


यस खेलमा हङकङ विजयी भए ४ अंक जोड्दै समूहमा तेस्रो भएर सुपर सिक्स पुग्नेछ । यसअघि सम्पन्न खेलमा नेपाल जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसँग पराजित भएको थियो । नेपाल सुपर सिक्समा पुग्न असफल भएमा वान डे मान्यता पाउने बाटो अझै कायम रहनेछ तर त्यसका लागि अफगानिस्तान सुपर सिक्समा पुग्नुपर्ने हुन्छ ।

पराजित भए पनि नेपालको एकदिवसीय मान्यता पाउन समूह ’ए’ को नजितामा भर पर्नेछ। समूह ’ए’ नेदरल्यान्ड्स सुपर ६ पुगे तथा यूएई बाहिरिए नेपालको एकदिवसीय मान्यता पाउने  सम्भावना बाँकी रहनेछ। तर यो समीकरण पूरा हुन पनि कठिन छ। किनकी युएई २ खेलमा जित निकाल्दै सुपर ६ नजिक छ।