25th March | 2019 | Monday | 2:02:33 PM

विश्वकप छनोट ११ उत्कृष्टमा नेपालका कप्तान पारस खड्का

  POSTED ON : फाल्गुन २९, २०७४ (१०:३३ AM)

विश्वकप छनोट ११ उत्कृष्टमा नेपालका कप्तान पारस खड्का

हिमालय टाइम्स काठमाडौं । विश्वकप छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ क्रिकेटरमा नेपाली कप्तान पारस खड्का पनि परेका छन् ।

आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि १० देशका १० टिम मध्येबाट उत्कृष्ट ११ जना छनोट गरेको हो ।

आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले समूह चरणका ११ स्टारको नाम सार्वजनिक गरेको हो ।

आइसिसीले उत्कृष्ट खेलेका ११ खेलाडीको सूची तयार पारेको छ । ११ खेलाडीमा जिम्बावे र हङकङका २–२ खेलाडी छन् । आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेपाल, युएई, अफगानिस्तान र वेस्ट इन्डिजका १–१ खेलाडी सूचीमा समावेश छन् । 


Views: 40