22nd September | 2018 | Saturday | 5:39:41 PM

नेपाल र माल्दिभ्सबीचको खेल पानीले अवरुद्ध

  POSTED ON : Wednesday, 12 September, 2018 (7:39:21 PM)

नेपाल र माल्दिभ्सबीचको खेल पानीले अवरुद्ध

हिमालय टाइम्स । नेपाल र माल्दिभ्सबीचको खेल चलिरहेका बेला ठूलो पानी परेपछि खेल स्थगित गरिएको छ । पानीसँगै हावाहुरी, चट्याङ परेपछि खेल स्थगित भएको हो ।

सुरुवाती समयमा नै एक गोल खाएको नेपाल दबाबमा रहेको छ ।

बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी भरत खवासले सम्हालेका छन् । नेपाल माल्दिभ्सलाई पराजित गर्दै २५ वर्षे साफ इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने रणनीतिमा रहेको छ ।

तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपाल यो पटक भने ऐतिहासिक छलाङ मार्ने दाउमा छ । यता, माल्दिभ्स पनि नेपाललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।


Views: 1