22nd September | 2018 | Saturday | 5:02:47 PM

विश्व जुनियर च्याम्पियनसिप खेल्न नेपाली टोली अजरबैजान प्रस्थान

हिमालय टाइम्स   POSTED ON : Friday, 14 September, 2018 (3:12:56 PM)

विश्व जुनियर च्याम्पियनसिप खेल्न नेपाली टोली अजरबैजान प्रस्थान

काठमाडौं । अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिहीबार बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ९० केजीमुनि रविन श्रेष्ठ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि मोहन बम रहेका छन् । महिलामा मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र फुपुल्हामु खत्रीले ६३ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा मनोजबहादुर केसी र व्यवस्थापकमा प्रमोदप्रसाद नेपाल छन् । आइजेएफ एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्यसमेत रहेका नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि बाकु जाने छन् । वज्राचार्य शुक्रबार जाँदैछन् भने बाँकी टोली सेप्टेम्बर १७ तारिखमा जाने कार्यक्रम छ ।

दुई खेलाडी फुपु र मोहन हाल क्रमशः जापान र अष्ट्रेलियामा रहेकाले उनीहरू त्यत्तैबाट बाकु जाने जुडो संघले जनाएको छ । मोहनबाहेक सबै खेलाडीले यसै महिना इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए ।


Views: 1