17th October | 2018 | Wednesday | 9:17:35 PM

थाइल्यान्डलाई नेपालले दियो १७३ रनको चुनौती

हिमालय टाइम्स   POSTED ON : Sunday, 07 October, 2018 (5:14:42 PM)

थाइल्यान्डलाई नेपालले दियो १७३ रनको चुनौती

काठमाडौं । टि–ट्वान्टी विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ ।

नेपालले मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।

नेपालका लागि करण केसीले आज थाइल्यान्ड विरुद्ध विस्फोटक व्याटिङ गरेका छन् । उनले सर्वा्धिक अविजित ४० रन बनाए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै उच्च स्कोर बनाएका थिए ।

 त्यस्तै सोमपाल कामीले करणलाई राम्रो साथ दिदै ४ रनमा अविजित रहे ।

यसअघि नेपालका लागि शरद भेषवाकरले ३४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३० रन बनाउन सके ।

अनिलकुमार शाहले २५ रन बनाए भने विनोद भण्डारी १५ र आरिफ शेखले ८ रन बनाए । यता, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुँदा कप्तान पारस खड्का ५ रनमै आउट भएका थिए ।

थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।


Views: 52