25th April | 2019 | Thursday | 7:46:01 AM

यूएईविरुद्ध नेपालले दियो १ सय ५ रनको लक्ष्य

  POSTED ON : माघ २०, २०७५ (१:११ PM)

यूएईविरुद्ध नेपालले दियो १ सय ५ रनको लक्ष्य

हिमालय टाइम्स काठमाडौं । यूएईविरुद्धको टि–२० शृंखलाको निर्णायक खेलमा नेपालले घरेलु टोलीलाई १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वर्षाले प्रभावित १० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ४ रन जोड्यो ।

नेपालका लागि पारस खड्काले सर्वा्धिक २९ रन जोडे। १४ बल खेलेका पारसले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्दीप जोराले ११ बलमा ३ छक्कासहित २८ रन जोडे।

विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोडे। ओपनर पवन सर्राफ शुन्यमै पवेलियन फर्किएका थिए भने दीपेन्द्रसिंह ऐरीले २ रनमात्रै जोड्न सके। अहिले यूएईले ब्याटिङ सुरु गरेको छ ।


Views: 89

सम्बन्धित सामग्री:

नेपालद्वारा मलेशिया पराजित

: बैशाख ११, २०७६ (१२:०२ PM)