24th July | 2019 | Wednesday | 3:14:23 PM

धोनी र कोहलीमाथि कारवाही

  POSTED ON : बैशाख २, २०७६ (१:१७ PM)

धोनी र कोहलीमाथि कारवाही

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ संस्करण कप्तानहरूका राम्रो भइरहेको छैन । रोहित, रहाणे र धोनीपछि विराट कोहलीमाथि जरिवाना लागेको छ । उनलाई पञ्जाबविरुद्ध ’स्लो ओभर रेट’का कारण कप्तान कोहलीमाथि १२ लाख जरिवाना लगाइएको हो । 

इन्डियन टी–ट्वान्टी लिगको आचारसंहिता अनुसार रोयल च्यालेन्जर्सको यो पहिलो गल्ती हुन पुग्यो । विराटअघि मुम्बईका कप्तान रोहित शर्मा र राजस्थानका कप्तान अजिंक्य रहाणेमाथि पनि ’स्लो ओभर रेट’को कारण १२–१२ लाख जरिवाना लगाइसकिएको छ । 

त्यसैगरी चेन्नईका कप्तान महेन्द्रसिंह धोनीमाथि पनि हालै आचारसंहिताको उल्लघंनको गरेको भन्दै जरिवाना लगाइएको थियो । बीच मैदानमा आएर अम्पायरसँग विवाद गरेका कारण धोनीलाई खेल पारिश्रमिकको पचास प्रतिशत जरिवाना लगाइएको थियो ।


Views: 181