24th August | 2019 | Saturday | 12:34:40 AM

महेन्द्रनगरले काठमाडौंको हिमालयनलाई हरायो

वीरेन्द्र आचार्य   POSTED ON : बैशाख १६, २०७६ (४:०४ PM)

महेन्द्रनगरले काठमाडौंको हिमालयनलाई हरायो

सुर्खेत । बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएल २ मा महेन्द्रनगर क्रिकेट क्लबले काठमाडौको हिमालयन क्रिकेट एकाडेमीलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

सुर्खेको कालिन्चोक क्रिकेट मैदानमा सोमवार भएको खेलमा काठमाडौको हिमालयन क्रिकेट एकाडेमीलाई ५ रनले हराउँदै महेन्द्रनगर क्रिकेट क्लबले जितको खाता खोल्न सफल भएको हो । 

 पहिलो खेलमा टस जितेर ब्याटिंग रोजेको महेन्द्रनगर क्रिकेट क्लबलले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । १५२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको हिमालय क्रिकेट एकाडेमीले २० ओभरमा आफ्नो महत्वपुर्ण ७ विकेटको क्षतिमा  १ सय ४६ रन मात्र बनाएर ५ रनले पराजित हुन पुग्यो । 

 सुरुवाति राम्रो रहेपनि मिडिल अडरका ब्याट्समेनहरु चन्न नसक्दा हिमालयन क्रिकेट एकाडेमीले ५ रनमा पराजित हुन पुग्यो ।

यो खेलमा बिक्रम ठगुन्नाले ४ ओभरमा २७ रन खर्चिदै महत्वपुर्ण २ विकेट लिएका थिए भने भरत केसीले ५० वलमा ५० रन जोडेका थिए । आजको खेलमा ३६ वलमा ४१ रन जोड्दै ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिन सफल महेन्द्रनगर क्रिकेट क्लबका किरण ठगेन्ना म्यानअफदि म्याच घोषित भए ।  



Views: 303